काठमाडौं। मुक्तिनाथ विकास बैंकको सत्रौं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन र लाभांश मध्ये ९ दशमलव ७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५१ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश पारित गरेको छ ।
वार्षिक साधारणसभाले बैंकको नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । नयाँ सञ्चालक समितिमा भरतराज ढकाल, नारायण कुमार श्रेष्ठ, भरत प्रसाद लम्साल, विनोदकुमार शर्मा र सरोजा श्रेष्ठ (कोइराला) सर्वसम्मत चयन भएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।