ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गरिमा क्यापिटलको वार्षिक साधारणसभा सम्पन्न

२०८० पुस, २९  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। गरिमा क्यापिटल लिमिटेडले आठौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ । संस्थाका अध्यक्ष दीपक पाण्डेयको अध्यक्षतामा सम्पन्न साधारणसभामा वार्षिक प्रतिवेदनमाथि उठेका जिज्ञासाको जवाफ पाण्डेय र प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले दिएका थिए ।

गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । संस्थाले हाल लगानी व्यवस्थापन सेवा तथा निक्षेप सदस्य डिम्याट तथा मेरोशेयर खातासम्बन्धी सेवा प्रवाह गर्दै आएको बताइएको छ । संस्थाले निकट भविष्यमै कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानूनबमोजिम आवश्यक गरिमा म्युचुअल फन्डअन्तर्गत विभिन्न बन्दमुखी तथा खुलामुखी योजना सञ्चालन गर्ने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)