ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महालक्ष्मी विकास बैंंकको ६.४० प्रतिशत नगद लाभांश पारित

२०८० पुस, २९  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडकोे बाइसौं वार्षिक साधारणसभा शनिवार काठमाडौंमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनसहित चुक्ता पूँजीको ६ दशमलव ४० प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले विदेशी बैंक तथा वित्तीय संस्थालाई रणनीतिक साझेदार/लगानीकर्ताका रूपमा भित्त्याउने प्रस्ताव पारित गरेको छ । सभाका अध्यक्ष राजेश उपाध्यायले शेयरधनीबाट प्राप्त सल्लाह सुझावलाई शिरोधार्य गर्दै बैंकले ग्राहकको सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापलाई विशिष्टीकृत गर्दै लैजाने बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)