काठमाडौं। गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको २२औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । ललितपुरमा सम्पन्न साधारणसभामा फाइनान्स सञ्चालक समितिका अध्यक्ष युवराज भण्डारीले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेश गरेका थिए । अध्यक्षद्वारा पेश गरिएको प्रतिवेदनलाई छलफल गरी पारित गरिएको थियो । हाल संस्थामा ८ अर्ब १८ करोड निक्षेप र कुल कर्जा लगानी ६ अर्ब रुपैयाँ रहेको बताइएको छ ।
संस्थाले हाल देशभर २३ओटा शाखा कार्यालय र ४ ओटा विस्तारित काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको बताइएको छ । कारोबार विस्तारको लागि निकट भविष्यमा विभिन्न सम्भावित स्थानमा थप शाखा विस्तार गर्ने योजना रहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले जानकारी दिए ।