गाउँपालिकाको सहयोगमा रेडक्रस भवन निर्माण
फागुन २३, रोल्पा । रोल्पाको माडी गाउँपालिकाको सहयोगमा नेपाल रेडक्रस सोसाइटी घर्तीगाउँ उपशाखाको भवन निर्माण गरिएको छ ।
२०६५ सालदेखि पश्चिम रोल्पाको मानव सेवामा सक्रिय रेडक्रस घर्तीगाउँ उपशाखाको भवन निर्माणका लागि माडी गाउँपालिकाले १६ लाख बजेट विनियोजन गरेको थियो । यस्तै फिनिस रेडक्रसको सहयोगमा सोह...
तरकारी व्यवसायबाट आत्मनिर्भर बन्दै कुमालखाडावासी
फागुन २३, दैलेख । दैलेखको आठबीस नगरपालिका–३ कुमालखाडीवासी तरकारी व्यवसायबाट आत्मनिर्भर बन्दै गएका छन् । गुजाराका लागि मात्र तरकारी फलाउँदै आएका किसान व्यावसायिक तरकारी खेती गर्न थालेपछि आत्मनिर्भर बनेका हुन् ।
तरकारी उत्पादन गर्नथालेपछि आम्दानीका साथै कुमालखाडा गाउँको नामसमेत बदिलएको...
जुम्लामा स्याउ उत्पादनमा दोब्बर गिरावट, किसान चिन्तित
फागुन २१, जुम्ला । जुम्लामा गत वर्षको तुलनामा यस वर्ष स्याउ उत्पादनमा दोब्बर गिरावट आएको छ । यहाँको जुम्ली स्याउको बर्सेनि माग बढिरहँदा उत्पादनमा गिरावट आउन थालेपछि किसान निकै चिन्तित भएको स्याउ किसान महेन्द्र पाण्डेले बताए ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्यांकअनुसार यस वर्ष रू. १९ करोड ब...
जापानी बजारमा पुग्यो काली मार्सी चामल, क्यानडा पनि पठाउने तयारी
फागुन २०, खलङ्गा(जुम्ला) । जुम्ली मार्सी चामल र अर्गानिक सिमी लगायत कृषिवस्तुका माग अन्तरराष्ट्रिय बजारमा निर्यात बढ्न थालेको छ ।
जिल्लाबाट पहिलोपटक ६ लाख रुपैयाँभन्दा बढीका ती सामग्री जापान निर्यात भएको छ । अग्र्यानिक्स एण्ड सुपरफुडका सञ्चालक राज शाहीले तीन टन मार्सी र सिमी निर्यात गरेका हुन् ।...
जाजरकोटको बारेकोटमा फेला परे ८८ प्रजातिका चरा
फागुन १९, जाजरकोट । बारेकोट गाउँपालिकामा गरिएको अध्ययनबाट लोपोन्मुख चरा फेला परेका छन् । एक हजार ८९१ मिटरदेखि दुई हजार ३०९ मिटरसम्मको उचाइमा रहेको यहाँका सामुदायिक वनमा गरिएको अध्ययनबाट ८८ प्रजातिका चरा फेला परेको छ ।
विश्वमै लोपोन्मुख हाडफोर गिद्ध, राष्ट्रियस्तरमा लोपोन्मुख हिमाली गिद्ध, स...
कालंगा जलविद्युत् आयोजना ९० प्रतिशत सम्पन्न
बझाङ । निजीक्षेत्रको लगानीमा निर्माण भइरहेको सुदुरपश्चिम प्रदेशको सबैभन्दा ठूलो कालंगा जलविद्युत् आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । बझाङको बुंगल नगरपालिकामा निर्माणाधीन ६५ मेगावाट क्षमताको उक्त आयोजनाको ९० प्रतिशत निर्माण सकिएको छ ।
करीब १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको इन्टेक,...
नाग्मा–गमगढी सडक स्तरोन्नतिका लागि बजेट अभाव
जुम्ला । बजेट अभावमा कर्णाली राजमार्गअन्तर्गतको नाग्मा–गमगढी सडक स्तरोन्नतिको काम प्रभावित भएको छ । संघीय सरकारले सडक स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमा ९ करोड ७० लाख विनियोजन गरे पनि असोजमै बजेट सकिएपछि निर्माण रोकिएको हो । बजेट सकिएपछि संघीय सरकारले दोस्रो चरणमा ५ करोड छुट्याए पनि पर्याप्त...
जगदुल्ला जलविद्युत्का लागि सडक निर्माण प्रक्रिया शुरू
जाजरकोट । जगदुल्ला जलविद्युत् कम्पनीको आयोजनाका लागि सडक निर्माण तीव्र बनाउन लागिएको छ । जाजरकोट–डोल्पा सडक खण्डको बीचमा पर्ने त्रिवेणीबाट सडक निर्माणको काम शुरू गर्न लागिएको छ । करिब ३० किलोमिटर सडक निर्माणका लागि बोलपत्र आह्वान गरी पहल थालिएको प्रदेशसभा सदस्य वीरबहादुर शाहीले जानकारी दिए ।...
शहीद स्मृतिमा पार्क निर्माण
सुर्खेत । कर्णाली प्रदेश सरकारले सुर्खेतको वीरेन्द्रनगर–४ मा शहीदको स्मृतिमा पार्क निर्माण गरेको छ । वन तथा वातावरण निर्देशनालयले वीरेन्द्रनगर नगरपालिकाको प्राविधिक सहयोगमा भैरम सामुदायिक वन क्षेत्रमा पार्क निर्माण सम्पन्न गरेको हो ।
छुट्टै प्रदेशको माग राखी संविधान...