राकम अस्पतालका लागि २८ रोपनी जग्गा दान
दैलेख । दैलेख आठबीस नगरपालिका–३ कुमालखाँडावासीले १०० शय्याको अस्पतालका लागि २८ रोपनी जग्गा दान गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र नगरपालिकाको संयुक्त रूपमा व्यवस्थापन हुने १०० शय्याको अस्पतालका लागि कुमालखाँडावासी १८ जना स्थानीय बासिन्दाले २८ रोपनी जग्गा दान गरेका हुन् ।...
रुकुम पश्चिमका ७४% घरधुरीमा विद्युतको पहुँच
फागुन १३, रुकुम पश्चिम । रुकुमका ७४ प्रतिशत घरधुरीमा विद्युत सेवा पुगेको छ । विद्युत प्राधिकरण मुसिकोट वितरण शाखाका अनुसार रुकुम पश्चिमका ६ ओटा स्थानीयतहका ७४ घरधुरीमा विद्युत सेवा पुगेको हो ।
जसमा कुल घरधुरीको ६० प्रतिशत विद्युत प्राधिकरण मुसीकोट शाखाले विद्युत सेवा विस्तार गरेको छ ।...
कोटबाडा विमानस्थल स्तरोन्नतिको काम
कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ मा रहेको कोटबाडा सुनथराली विमानस्थल कालोपत्र गर्ने काम थालिएको छ । ३८ वर्षदेखि निर्माणाधीन विमानस्थलको धावनमार्ग स्तरोन्नति शुरू गरिएको हो ।
चालू आर्थिक वर्षभित्रै नियमित उडान गने तयारीका साथ विमानस्थल कालोपत्र भइरहेको छ । रासस
सल्यानबाट २ करोड ७० लाखको बेसार निकासी
सल्यान । सल्यानबाट १ वर्ष अवधिमा करीब पौने ३ करोड रुपैयाँ बराबरको बेसार निकासी भएको छ । जिल्लाबाट कुल २ करोड ७० लाख ७५० रुपैयाँ बरारबरको बेसार निकासी भएको कृषि विकास कार्यालय सल्यानले जानकारी दिएको छ ।
सल्यानमा उत्पादित अदुवाजस्तै बेसारले पनि राम्रो बजार पाउन थालेको कार्यालयले बताएको छ । कार्यालय...
जाजरकोटको मह अध्ययन गर्दै विदेशी अनुसन्धाता
जाजरकोट । मौरी र सुन्तला जोनको सफलतापछि जाजरकोटमा नयाँ जोनको सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जाजरकोटद्वारा थप नयाँ तीन सूची राखेर प्रस्ताव अगाडि सारिएको हो । नयाँ सिफारिसमा दलहन बाली, ओखर र बाख्राको जोन बनाउन पहल थालिएको छ । कृषि विकास कार्यालय, ७ वटै स्थानीय तहका कृषि शाखा...
सल्यानको पर्यटन क्षेत्रको पूर्वाधार विकासमा ८० लाख खर्च गरिदैं
फागुन १०, सल्यान । यस जिल्लामा पर्यटन क्षेत्रको पूर्वाधार विकासमा ८० लाख रुपियाँ खर्च गरिने भएको छ ।
जिल्लामा रहेका बिभिन्न प्राकृतिक तथा धार्मिक सम्पदाको पूर्वाधार विकासका लागि उक्त रकम खर्च गर्न लागिएको हो । प्राकृतिक तथा साँस्कृतिक सम्पदाले अब्बल मानिएको सल्यानमा चालू आर्थिक वर्षमा ती सम...
जुम्लाको छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा
फागुन १०, जुम्ला । जुम्लाको पातारासी गाउँपालिकास्थित छुमचौर पर्यटकीय नयाँ गन्तव्यको सूचीमा परेको छ । नेपाल सरकारको २०० पर्यटन गन्तव्यको सूचीमध्येमा विश्वको सबैभन्दा उच्च स्थानमा काली मार्सीधान धान फल्ने छुमचौर जिउलो परेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको पर...
संघ, प्रदेश र स्थानीय तह समन्वयसम्बन्धी ऐनमाथि छलफल
सुर्खेत । ‘संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७’ माथि छलफल भएको छ । राष्ट्रियसभा विधायन समितिको अगुवाइ तथा नेपाल कानून समाजको संयोजनमा आइतवार कर्णाली प्रदेशस्तरीय तीनै सरकारको ‘समन्वय र अन्तरसम्बन्ध’ ऐनका विषयमा भर्चुअल छलफल भएको हो ।
कार्यक्रममा कान...
सुर्खेतको सुब्बाकुनामा १३२ केभी सबस्टेशन निर्माण तीव्र
सुर्खेत । सुर्खेतको सुब्बाकुनामा १३२ केभी प्रसारण लाइनको सबस्टेशन निर्माण तीव्र पारिएको छ । प्रदेश राजधानी सुर्खेत हुँदै सबै जिल्लामा विद्युत् आपूर्ति गर्न सहजताका लागि यो स्टेशनको निर्माण तीव्र बनाइएको हो ।
कोहलपुरदेखि सुर्खेतसम्मको १३२ केभी प्रसारण लाइनका लागि सुब्बाकुनामा स्टेशन बन्न लागेको हो...
सुर्खेतमा बर्डफ्लु भित्रियो : करीब ४०० कुखुरा तथा परेवा नष्ट
फागुन ९, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा पहिलो पटक बर्डफ्लु रोग देखिएको छ । वीरेन्द्रनगर–१२, नौलोटोलका स्थानीयवासीले पालेका कुखुरा तथा परेवामा बर्डफ्लु रोग देखिएको हो । बर्डफ्लु भित्रिएको आशंकामा पशु सेवा विभागले नमूना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो ।
बर्डफ्लु पुष्टि भएपछि स...