ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
प्रदेश-कर्णाली
कर्णाली प्रदेश लोकसेवा आयोगका पदाधिकारीद्वारा शपथ
NA
सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष र सदस्यहरूले बिहीवार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी तथा कर्णाली प्रदेशका मुख्यमन्त्री तथा विशिष्ट व्यक्तिहरूको उपस्थितिमा आयोगका अध्यक्ष रामप्रसाद उपाध्याय, सदस्यद्वय वसन्तीकुमारी सिंह शाही, भक्तबहादुर खड्...

पर्यटन पूर्वाधार विकासका लागि कर्णालीका १६ गन्तव्य छनोट
NA
सुर्खेत (अस) । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कर्णाली प्रदेशका १६ ओटा पर्यटकीय गन्तव्यमा भौतिक पूर्वाधार विकास गर्ने भएको छ । केन्द्रदेखि स्थानीय तहसम्मको अर्थतन्त्रमा योगदान पुर्‍याउनेलगायत लक्ष्य राखेर भदौमा मन्त्रालयले देशभरका स्थानीय तह तथा प्रदेशका पर्यटकीय गन्तव्यको साझेदार...

७० प्रतिशत घरधुरीमा विद्युत् पहुँच
NA
कालीकोट । कालीकोटको पलाँता गाउँपालिकाको ७० प्रतिशत घरधुरीमा विद्युत् पहुँच पुगेको छ । गाउँपालिकाका ९ वडामध्ये ७ वटामा बिजुली पुगेको हो । गाउँपालिकाले २८ किलोवाटको भूँचीखोला, एक सय किलोवाटको दुरसी खोला, ७० किलोवाटको औंलाखोला र १३० किलोवाटको दार्मिघाट लघुजलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरेको छ ।...

अर्थतन्त्रमा योगदान पुर्‍याउन कर्णालीका १६ ओटा पर्यटकीय गन्तव्य छनोट
NA
फागुन ५, सुर्खेत । आन्तरिक तथा विदेशी पर्यटकलाई गाउँगाउँसम्म पुर्‍याउने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कर्णाली प्रदेशका १६ ओटा पर्यटकीय गन्तव्यमा भौतिक पूर्वाधार विकास गर्ने भएको छ ।  केन्द्रदेखि स्थानीय तहसम्मको अर्थतन्त्रमा योगदान पुर्‍याउनेलगायत लक्ष्य र...

लोकसेवा तयारी कक्षा निःशुल्क पढाउँदै सिद्धकुमाख
NA
सल्यान । सल्यानको सिद्धकुमाख गाउँपालिकाले लोकसेवा आयोगको तयारी कक्षा निःशुल्क रूपमा सञ्चालन गर्ने भएको छ । लोकसेवा आयोगले लिने परीक्षामा स्थानीय युवालाई सक्षम बनाउन गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको हो । गाउँपालिकाभित्र स्थायी बसोवास भएका युवामा लोकसेवाप्रति आकर्षण बढाउन र परीक...

कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता मानन्धरले दिए राजिनामा
NA
फागुन २, सुर्खेत । कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले आफ्नो पदबाट राजिनामा दिएका छन् । मुख्य न्यायाधिवक्ता मानन्धरले आइतवार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजिनामापत्र पेश गरेका हुन् । ‘आफ्नो कार्य व्यस्तताका कारण मनखुशीले मैले मुख्यमन्त्रीसमक्ष राजिनामापत्र पेश ग...

९२ करोड बजेटमा ९७ ओटा आयोजना निर्माण गरिँदै
NA
सुर्खेत । पूर्वाधार विकास निर्देशनालय, सुर्खेतले जिल्लामा रू. ९२ करोड ३७ लाख बजेटमा ९७ ओटा आयोजना निर्माण गर्न थालेको छ । निर्देशनालयले पहिलो चौमासिकमा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा चार किलोमिटर पक्की सडक निर्माण गरेको छ ।   प्रदेशको सुर्खेतमा मात्रै ८५ किलोमिटर सडक, आठ मोटरेबल पुल र दुईओ...

मूल्य बढी हुँदा बिकेन खाद्य व्यवस्था कम्पनीको चामल
NA
फागुन १, जाजरकोट । बजारमा पाइने चामलको मूल्यभन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामलको मूल्य बढी हुँदा विक्री हुन छाडेको छ । जिल्लाका सबै पालिकामा यातायातको पहुँच पुगेसँगै बजारमा चामलको मूल्य सस्तो भएको हो ।  व्यापार कम्पनीको चामलमा प्रतिकेजी रू. १० को फरक परेपछि कम्पनीको चामल नबिकेको...

आन्तरिक राजस्व कार्यालय सुर्खेत : ६ महीनामा ९० करोड राजस्व असुली
NA
सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेशबाट उत्साहजनक रूपमा राजस्व संकलन हुन थालेको छ । कोरोनाको प्रभाव कम भएसँगै आर्थिक क्रियाकलाप चलायमान हुन थालेपछि आन्तरिक राजस्व असुलीमा वृद्धि भएको हो । आन्तरिक राजस्व कार्यालय सुर्खेतले पछिल्लो ६ महीनामा ९० करोड ६६ हजार ७ हजार रुपैयाँ राजस्व असुली गरेको छ । कार्या...

कर्णालीका सात जिल्लामा संक्रमितको संख्या शून्य
NA
कर्णाली । कर्णाली प्रदेशका सात जिल्लामा कोभिड–१९ का सक्रिय संक्रमितको संख्या शून्यमा झरेको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णालीका दैलेख, जाजरकोट, सल्यान, रुकुम–पश्चिम, कालीकोट, हुम्ला र मुगु जिल्लामा कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो । दैलेखमा १ ह...