नर्सरी खेतीमा किसान आकर्षित
जुम्ला । पछिल्लो समय जुम्लाका किसान नर्सरी खेतीमा आकर्षित भएका छन् । जिल्लाको तिला गाउँपालिका–७ का किसान जगबहादुर बुढा यति बेला बिरुवा हुर्काउन व्यस्त छन् ।
जडीबुटी, डालेघाँस र फूल प्रजातिका बिरुवा हुर्काउन लागिपरेका छन् । बालबालिका हुर्काउन र नर्सरीमा बिरुवा हुर्काउन उस्तै उस्तै लाग्ने गरे...
अध्ययन थालिएको ४ वर्षमा पनि शुरू भएन भेरी पम्पिङ आयोजना
सुर्खेत । चार वर्षदेखि अध्ययन थालिए पनि भेरी पम्पिङ आयोजनाको काम शुरू हुन सकेको छैन । निर्माणपूर्वका कार्य सम्पन्न गर्न ढिलाइले आयोजना शुरू हुन नसकेको हो । आयोजनको जग्गा प्राप्ति, वातावरणीय तथा सामाजिक प्रभावबारे अध्ययन बाँकी नै रहेको छ ।
आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भइसकेको छ । प...
कर्णाली कोरिडोरको खुलालुमा ९ वर्षपछि पक्की पुल निर्माण
हुम्ला । कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–१ खुलालुदेखि हुम्लाको हिल्सासम्म जोड्ने खुलालुमा पक्की पुल निर्माण सम्पन्न भएको छ । सो पुल निर्माण गर्न २०६७ सालमा योजना सम्झौता भई २०६८ सालमै काम सक्नुपर्ने बताइएको थियो । कन्काई नेपाल प्रगति जेभीले करीब १४ करोडमा पुल बनाउन ठेक्का...
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य प्रभावित
मंसिर ७, सुर्खेत । रुख कटानको प्रक्रिया अघि नबढ्दा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम प्रभावित भएको छ । आयोजना निर्माणका लागि बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रका रुख कटान नहुँदा टावर निर्माणको कार्य प्रभावित भएको हो ।
आयोजनाले बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रअन्तर्गतका १३...
जाजरकोटमा यस वर्ष मह उत्पादन घट्यो
मंसिर ६, जाजरकोट । नलगाड नगरपालिका– १ कलपतका रामबहादुर बुढाले गतवर्ष ३५० धार्नी मह विक्रीबाट चार लाख ५० हजार आम्दानी गरेका थिए । यसवर्ष ५० धार्नी पनि मह उत्पादन नभएकाले उनी अहिले निराश भएका छन् ।
सोही ठाउँका कालीबहादुर पुनको पनि ६० घार मौरीले यो वर्ष १० धार्नी मह पनि उत्पादन गर्न सकेन...
सुर्खेतमा खसीको मासुको मूल्य बढ्यो
मंसिर ५, सुर्खेत । सुर्खेतमा खसीको मासुको मूल्य बढेको छ । प्रतिकेजी रू. ८०० मा किनबेच हुँदै आएको खसीबोकाको मासुको मूल्य बढाएर रू. ९०० पुर्याइएको सुर्खेत मासु व्यवसायी संघले जानकारी दिएको छ । यो मूल्य आज (आइतवार) देखि लागू हुनेछ ।
संघका अध्यक्ष टोपेन्द्रजङ्ग शाहीले सुर्खेतबाट नेपालगञ्ज,...
४ वर्ष अघिदेखि अध्ययन थालिएको भेरी पम्पिङ आयोजना अझै शुरु भएन
मंसिर ४, सुर्खेत । निर्माणपूर्वका कार्य सम्पन्न गर्न ढिलाइका कारण भेरी पम्पिङ आयोजना प्रभावित भएको छ ।
दशैंअघि टेण्डर आह्वान गर्ने भनिए पनि जग्गा प्राप्ति, वातावरणीय तथा सामाजिक प्रभावबारे अध्ययन बाँकी नै रहेकाले आयोजना निर्माणमा ढिलाइ भएको हो ।
आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआ...
सुर्खेतमा सवारीसाधनको नयाँ भाडादर तोकिने
सुर्खेत । सुर्खेतमा सार्वजनिक सवारीसाधनको नयाँ भाडादर कायम गरिने भएको छ । जिल्लामा सार्वजनिक यातायातका सवारीसाधनले यात्रुसँग आफूखुशी भाडा असुल्न थालेपछि एकरूपता ल्याउन नयाँ भाडादर कायम गर्न लागिएको हो । यातायात क्षेत्रलाई मर्यादित एवं व्यवस्थित बनाउने सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सोमव...
सुर्खेतमा नयाँ सवारी भाडादर तोकिदै
कार्तिक ३०, सुर्खेत । सुर्खेतमा सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरिने भएको छ । जिल्लामा सार्वजनिक यातायातका सवारी साधनले यात्रुसँग आफूखुशी भाडा असुल्न थालेपछि एकरुपता ल्याउन नयाँ वैज्ञानिक भाडा दर कायम गर्न लागिएको हो ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सोमवार यातायात क्षेत्रलाई मर...
आठ वर्षपछि भरियो कुपिण्डेताल
सल्यान । सल्यानको पर्यटकीय स्थलको रूपमा रहेको कुपिण्डेताल आठ वर्षपछि पानीले भरिएको छ । २०७० पछि पानीको सतह घट्दै गएको कुपिण्डेताल पानीले भरिएपछि मन्दिरसम्म पुग्न डुंगा चढ्नुपर्ने अवस्थामा पुगेको छ ।
वनगाड कुपिण्डे नगरपालिका–८ मा रहेको कुपिण्डेतालमा पानीको सतह बढेपछि...