सुर्खेत । कर्णाली प्रदेश सरकारले विद्युत्सम्बन्धी छुट्टै ऐन ल्याउने तयारी गरेको छ । प्रदेशका नागरिकलाई गुणस्तरीय तथा भरपर्दो विद्युत् सेवा उपलब्ध गराउन सो ऐन ल्याउन लागिएको हो ।
ऐन निर्माणपछि कर्णालीमा गुणस्तरीय र भरपर्दो विद्युत् सेवा पुग्ने अपेक्षासहित प्रदेशसभामा विद्युत्सम्बन्धी विधेयक...
सिमकोट । पाँच महीनादेखि अवरुद्ध हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-५ मा पर्ने नारा लेख सडकखण्ड सञ्चालनमा आएको छ । गत पुसको भारी हिमपातपछि अवरुद्ध उक्त सडकखण्ड केही दिनअघिदेखि सञ्चालन भएको हो ।
डोजरले नौ दिन लगाएर हिउँ र पहिरो पन्छाएपछि सिमकोट-हिल्सा सडक सञ्चालन आएको हो । नाम्खा-५ को यारीमा पर्ने न...
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका–१ तरापीमा लगाइएको करीब ४५ हजार स्याउका बिरुवामा ‘टेन्ट क्याटरपिलार’को आक्रमण भएको छ ।
तातोपानी–१ राँका गाउँवासी तीन सय परिवारले लगाएको स्याउ बगैँचामा टेन्ट क्याटरपिलारको आक्रमणबाट स्याउका बिरुवामा क्षति पुगेपछि किसान चिन्तित भएका छन् ।...
काठमाडौं । सरकारले किसानलाई अनुदानमा उपलब्ध गराउने रासायनिक मल कर्णाली प्रदेशमा सबैभन्दा कम वितरण हुने गरेको छ । विकासका दृष्टिले पछाडि परेको कर्णाली प्रदेशमा रासायनिक मल वितरणको कोटा पनि सबैभन्दा कम रहेको पाइएको छ । प्रांगारिक खाद्य वस्तुको संरक्षण, उत्पादन र विक्री वितरणलाई प्रवर्द्धन गर्ने ऐनअनुर...
सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–११ स्थित शिखर माध्यमिक विद्यालयले तीनवर्षे बाली विज्ञान अध्ययन गर्दै आएका विद्यार्थीलाई उद्यमशीलता विकास तालीम प्रदान गरेको छ । विद्यालयले ७० जना विद्यार्थीलाई हेल्भेटास नेपालको ‘इलम परियोजना’को सहयोगमा तालीम दिएको हो । प्राविधिक शिक्षा पढेका...
सुर्खेत । कर्णाली प्रदेश सरकारले यस वर्षमात्रै एक हजार साना सडक निर्माण गरिरहेको छ । सडकको पहुँचभन्दा बाहिर रहेका नागरिकलाई पहुँचमा पुर्याउनका लागि प्रदेश सरकारले कर्णालीका बस्तीमा ती सडक निर्माण गर्दै आएको छ । कर्णालीका अधिकांश नागरिक विकासको महत्त्वपूर्ण पूर्वाधार सडकको पहुँचभन्दा बाहिर रहेका...
सुर्खेत । गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले नागरिकलाई सेवा प्रवाहमा कुनै कमीकमजोरी बाँकी नराख्न निर्देशन दिएका छन् । मंगलवार जिल्ला प्रशासन कार्यालय सुर्खेतको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन तथा निरीक्षण गर्दै गृह सचिव सिंहले आम नागरिकलाई सुशासनको प्रत्याभूति हुनेगरी छिटोछरितो, कम खर्चिलो र...
जाजरकोट । घरको माथिल्लो तलामा मानिस र तल्लो तलामा चौपायाको गोठ बनाएर दैनिकी चलाइरहेका बारेकोट गाउँपालिकाका किसानले अब छुट्टै गोठ पाउने भएका छन् । घर र गोठ एउटै छानामुनि हुँदा मानव स्वास्थ्यमा अत्यन्तै प्रतिकूल असर पर्ने भन्दै गाउँपालिकाले विपन्न तथा गरीबीको रेखामुनि रहेका सर्वसाधारणलाई अनुदानमा गोठ...
वीरेन्द्रनगर । कर्णाली प्रदेश अस्पताल सुविधासम्पन्न बनाउन भौतिक पूर्वाधारसँगै सेवा पनि विस्तार गरिएको छ । पाँच सय शय्यासहितको अस्पताल बनाउन पूर्वाधार निर्माण गर्न थालिएको हो । पछिल्लो समय स्वास्थ्य सेवा विस्तारसँगै भौतिक पूर्वाधार विकासको काम पनि अघि बढाइएको छ । विशेषज्ञ चिकित्सकको व्यवस्था, भौतिक स...
सुर्खेत । नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको अध्यक्षमा पुनः पदमबहादुर शाही चुनिएका छन् । बिहीवार वीरेन्द्रनगरमा सम्पन्न महासंघको छैटौं प्रदेशसभाले शाहीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको होे । उपाध्यक्षहरूमा जिल्ला नगरतर्फ सुदन श्रेष्ठ र एसोशिएटतर्फ हर्षविक्रम खड्का निर्...