ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जलविद्युत कम्पनीका शेयरमा लगानीकर्ताको आकर्षण, एक महीनामा १९.६४ % बढ्यो परिसूचक

२०८० माघ, १  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बजार बढ्दा लगानीकर्ताको आकर्षण जलविद्युत कम्पनीका शेयरमा परेको छ । पछिल्लो एक महीनामा यस समूहको परिसूचक साढे १९ प्रतिशत वृद्धि भएको छ ।

गत मङ्सिर २८ गते जलविद्युत समूहको परिसूचक २ हजार २२० दशमलव ५९ रहेकोमा गत पुस २९ गते बढेर २ हजार ६५६ दशमलव ७७ पुगेको हो । एक महीनामा नेप्से परिसूचक भने ६ दशलमव ३१ प्रतिशत बढेको छ । 

किन बढ्यो आकर्षण ?

पछिल्लो समय लगानीकर्ता दीर्घकालिन लगानीभन्दा अल्पकालीन लगानी गरिरहेका छन् । यस्ता लगानीकर्ताको रोजाइमा कम पूँजी भएका कम्पनी पर्ने गर्छन् । सोही कारण लगानीकर्ताको रोजाइमा जलविद्युत कम्पनीको शेयर परेको देखिन्छ । 

एक महीनामा सर्वाधिक कमाउनेको सूचीमा दोस्रोमा उत्पादन तथा प्रशोधन समूहका लगानीकर्ता छन् । यस समूहको परिसूचक १७ दशमलव ४५ प्रतिशत वृद्धि भएको छ । यस समूहका कम्पनीले आकर्षक लाभांश दिने भएकाले पनि लगानीकर्ता आकर्षित भएको देखिन्छ । त्यस्तै लगानी समूहको परिसूचक १५ दशमलव ४५ प्रतिशत वृद्धि भएको छ ।

गत मङ्सिर २२ गते नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै लचिलो नीति लिएपछि शेयर बजारमा उत्साह छाउँदा बजार २ हजार १५० विन्दुसम्म पुगेको थियो । 

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत शेयरधितो कर्जामा लगाएको १५० प्रतिशतको जोखिम भार १२५ प्रतिशतमा झारेको छ भने ब्याजदर घटाउने नीति पनि लिएको छ । सोही कारण शेयर बजारमा सकारात्मक प्रभाव परेको विज्ञ बताउँछन् । बढेको बजारमा कारोबारीहरूले प्रोफिट बुक गरेसँगै बजार २ हजार ५६ सम्म आएको थियो । 

माघ महीनाका लागि बैंकहरूले पुस महीनाको तुलनामा ब्याजदर अझै घटाएका छन् । सामान्यतया ब्याजदर घटेपछि शेयर बजारमा सकारात्मक प्रभाव पर्ने गर्छ । यसो त ब्याजदर घटेपछि शेयर कर्जा लिनेले सस्तो ब्याजदरमा ऋण पाउँछन्, जसको सकारात्मक प्रभाव शेयर बजारमा पर्ने देखिन्छ । 

एक महीनामा जीवन बीमा समूहको परिसूचक भने १ दशमलव ४७ प्रतिशत घटेको छ । नेपाल बीमा प्राधिकरणले प्रिमियमबापतको रकमबाट लाभांश वितरण गर्न नपाउने घोषणा गरेसँगै यस समूहका कम्पनीको शेयर मूल्य ओरालो लागेको देखिन्छ ।

त्यस्तै दोस्रोमा वाणिज्य बैंक समूहको परिसूचक शून्य दशमलव ८५ प्रतिशत वृद्धि भएको छ । यस समूहका कम्पनीको शेयर भोल्यूम बढी हुने भएकाले पछिल्लो समय लाभांशदर घट्दै गएको र त्यही कारण लगानीकर्ताको रोजाइमा नपरेको विज्ञ बताउँछन् । 

स्रोत : नेप्से । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)