ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कुमारी बैंकले २३औं  वार्षिक साधारण सभा माघ २८ मा गर्ने

२०८० माघ, १  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कुमारी बैंक लिमिटेडले २३औं वार्षिक साधारण सभा माघ २८ गते गर्ने भएको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेल काठमाडौंमा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै सभाले यस बैंकको. सहायक कम्पनी कुमारी क्यापिटल लिमिटेड र के.बि.एल सेक्यूरिटिज लिमिटेडको आथि २०७९/८० का वित्तिय विवरण सहितको एकिकृत वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । 
बैंक सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन सभाले गर्नेछ ।
वार्षिक साधारणसभामा कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव पेस गर्ने छैन ।

साधारण सभा प्रयोजनको लागि कम्पनीले माघ ९ गते एक दिन बुक क्लोज गर्ने जानकारी दिएको छ । यस बुक क्लोजको आधारमा माघ ८ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउनेछन् । 

सुचना हेर्न यहाँ क्लिक गर्नुहाेस 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)