ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माघे सङ्क्रान्तिको दिन टुँडिखेलमा भीडमा च्यापिएर ११ जना घाइते 

२०८० माघ, १  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडौं । माघे संक्रान्तिको दिन काठमाडौंको टुँडिखेलमा भीडभाडमा च्यापिएर ११ जना घाइते भएका छन् । 

माघे संक्रान्तिको अवसरमा थारू र मगर समुदायले टुँडिखेलमा आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा सहभागी भएका सर्वसाधारण अत्यधिक भीडभाडका कारण च्यापिएर घाइते भएका हुन् । 

घाइतेलाई उपचारका लागि अस्पताल लगिएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । टुँडिखेलको गेटमा भित्र पस्ने र बाहिर निस्कनेको भीडले केही मानिस च्यापिएको प्रहरीले जनाएको छ । 

यस दिन थारू समुदायले ‘माघी’ र मगर समुदायले ‘मकर सङ्क्रान्ति’ पर्व मनाउँछन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)