ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पाँच महीनामा निर्जीवन बीमा कम्पनीले आर्जन गरे १५ अर्ब ७२ करोडभन्दा बढी बीमाशुल्क

२०८० पुस, १५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को पाँच महीनामा निर्जीवन बीमा कम्पनीहरूले कुल रू. १५ अर्ब ७२ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । 

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मङ्सिरसम्म १४ ओटा निर्जीवन बीमा कम्पनीहरूले ११ लाख ६१ हजार २५९ ओटा बीमालेख विक्री गरेर उक्त रकमको बीमाशुल्क आर्जन गरेका हुन् । तीमध्ये सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । मङ्सिर महीनासम्ममा यस कम्पनीले १ लाख २२ हजार ६९३ ओटा बीमालेख विक्री गरेर रू. १ अर्ब ९९ करोडभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ । 

बीमाशुल्क सर्वाधिक आर्जन गर्नेको सूचीमा दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी छ । कम्पनीले १ लाख २८ हजार ३८९ ओटा बीमालेख विक्री गरेर रू. १ अर्ब ६५ करोड बीमाशुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्सले १ लाख २२ हजार ६७८ ओटा बीमालेख जारी गरेर रू. १ अर्ब ५७ करोड बीमाशुल्क आर्जन गरेको हो । 

यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्स, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, नेको इन्सुरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले एक अर्बभन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् । सानिमा जिआईसी, प्रभु इन्स्योरेन्स, दि ओरियण्टल, राष्ट्रिय बीमा कम्पनी, नेपाल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सले भने अर्बभन्दा कम बीमाशुल्क आर्जन गरेका छन् ।

नेशनल इन्स्योरेन्सले भने सबैभन्दा कम बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले १४ हजार ९२३ ओटा बीमालेख जारी गरेर रू. ५१ करोड १९ लाख बीमाशुल्क आर्जन गरेको हो । 

कुनको कति ?

स्रोत : नेपाल बीमा प्राधिकरण । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)