काठमाडौं । झापा इनर्जी लिमिटेडले पाँचौ वार्षिक साधारण सभा माघ २३ गते गर्ने भएको छ । सभा परियोजना स्थल शिवसताक्षी ४ बुलचोक झापामा बिहान १० बजे शुरु गर्ने कम्पनीले जानकारी दिएको छ ।
सभाले आयोजना प्रभावित स्थानियबासी र सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।