ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रभु महालक्ष्मी लाइफको साधारण सभा सम्पन्न, १७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित

२०८० माघ, १  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले छैटौं वार्षिक साधारणसभाबाट चुक्ता पूँजीको १७ प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

आइतवार काठमाडौंको बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्‍याउन नियमनकारी निकायको स्वीकृति लिई हाल कायम चुक्ता पूँजीको १७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरेको हो । 

पूँजी वृद्धिपश्चात सोहीअनुसारको चुक्ता पूँजी कायम गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ । त्यस्तै सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरेको छ ।

सभाले कम्पनी सञ्चालक समितिमा ६ जना सञ्चालकको निर्विरोध निर्वाचित गरेको छ, जसअनुसार संस्थापक समूहबाट ४ जना शिक्षा भट्टचन (प्रतिनिधि नेपाल इन्भेस्टमेन्ट प्रा.लि), सुशन शेरचन, सम्झाना अर्याल र वीरेन्द्र जंग पाण्डे (प्रतिनिधि ज्योति बिकास बैंक लि) तथा सर्वसाधारण समूहबाट २ जना ज्योति शेरचन (प्रतिनिधि नेपाल होल्डिङ) र शंकर गौतम (प्रतिनिधि लिबर्टी होल्डिङ) चयन भएका छन् ।

सभाले साबिक प्रभु लाइफ र महालक्ष्मी लाइफ आपसमा गाभिने कार्यमा भएका खर्चहरू र जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पबाट पीडित बनेकाहरूको सहयोगार्थ प्रधानमन्त्री राहत तथा दैवीप्रकोप उद्धार कोषमा प्रदान गरिएको १० लाख रुपैयाँ सहयोग गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)