ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यति बु्रअरीको २ सय प्रतिशत लाभांश घोषणा, बुक विल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने

२०८० माघ, १  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ विधि मार्फत आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ । सभा माघ २५ गते यस कम्पनीको रजिष्टर्ड कार्यालत, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।

सभाले बुक बिल्डिङ विधि मार्फत आइपीओ जारी गर्ने सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ । साथै, शयरधनीलाई १०० प्रतिशत बोनस शेयर (कर बाहेक) र १०० प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ  । 

सभाले कम्पनीको शेयरको अंकित मूल्य ५० रुपैयाँ कायम गर्ने र आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै सभाले आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यस कम्पनीले अर्ना, किङफिसर, शिखर लगायत बियर उत्पादन गर्दै आएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)