काठमाडौं । नेपाल आयल निगमले मंगलवार बिहानदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर १/१ रुपैयाँ मूल्य घटाएको हो ।
मूल्य समायोजनपश्चात तेस्रो वर्गमा रहेको काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६६ रुपैयाँ कायम हुनेछ । यस्तै, डिजेल तथा मट्टितेल भने लिटरको १५६ रुपैयाँ पर्नेछ ।
हेर्नुस् विज्ञप्ति