ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’ माघ ५ बाट, अष्ट्रेलियाका २५ बढी युनिभर्सिटीका प्रतिनिधि आउने

२०८० माघ, १  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीका लागि लक्षित गर्दै ‘ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयर’ सञ्चालन हुने भएको छ ।

अष्ट्रेलियाका विश्वविद्यालयमा नेपालका विद्यार्थीलाई पठाउनका लागि विगत ३२ वर्षदेखि काउन्सिलिङ गर्दै आइरहेको ग्लोबल रिच नेपालले आगामी शुक्रवारबाट फेयर सञ्चालन गर्न लागेको हो ।

ग्लोबल रिचले काठमाडौंको डिल्लीबजारस्थित आफ्नै कार्यालयमा फेयर सञ्चालन गर्न लागेको जानकारी दिएको छ । फेयरमा एकैछानामुनि अष्ट्रेलियाका २५ भन्दा बढी विश्वविद्यालयका प्रतिनिधि सहभागी हुनेछन् । कार्यक्रममा सहभागी हुने विद्यार्थी र अभिभावकले विश्वविद्यालयका प्रतिनिधिसँग अन्तर्क्रिया गर्नेछन् ।

कार्यक्रममार्फत विद्यार्थीलाई १०० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध हुने ग्लोबल रिचले जनाएको छ । कार्यक्रममा सहभागी भएमा अष्ट्रेलियामा लागू भएको नयाँ नियम र यसले पार्ने असरबारे समेत जानकारी पाइनेछ । साथै उच्च शिक्षा अध्ययनपश्चात कस्ता कस्ता कामका लागि अवसर आउँछन् भन्नेबारे समेत जानकारी पाउनेछन् । कार्यक्रममा सहभागिताका लागि कुनै पनि शुल्क लाग्दैन ।

ग्लोबल रिच अष्ट्रेलियन एजुकेसन फेयरमा विश्व स्तरका विश्वविद्यालयहरू, जस्तै : न्यू साउथ वेल्स युनिभर्सिटी, सिड्नी, युनिभर्सिटी अफ क्वीन्सल्याण्ड, युनिभर्सिटी अफ सिड्नी, युनिभर्सिटी अफ एडिलेडका प्रतिनिधि सहभागी हुनेछन् । काठमाडौंमा मात्र नभएर ग्लोबल रिचले चितवन, बुटवल र पोखरामा समेत एजुकेसन फेयर सञ्चालन गर्दैछ ।

ग्लोबल रिचले चितवनमा आगामी शनिवार १० बजेदेखि ३ बजेसम्म फेयर सञ्चालन गर्नेछ, जसमा १४ भन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहने कम्पनीले जनाएको छ ।

यस्तै बुटवलमा आगामी आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म फेयर सञ्चालन हुनेछ, जसमा ९ वटाभन्दा बढी विश्वविद्यालयका प्रतिनिधिहरू सहभागी हुने कम्पनीले जनाएको छ ।

ग्लोबल रिचको पोखरा शाखाको कार्यक्रम आगामी सोमवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ, जसमा ११ ओटाभन्दा बढी विश्वविद्यालयका प्रतिनिधि सहभागी हुनेछन् ।

विद्यार्थीले अष्ट्रेलियामा आफूले अध्ययन गर्ने विषय, विश्वविद्यालय, त्यहाँ लाग्ने खर्च तथा अध्ययनपछि सिर्जना हुने रोजगारीका अवसरलगायत विविध विषयमा अन्तक्रिर्याबाट प्रष्ट हुन सक्नेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)