ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल दूरसञ्चार कम्पनीको सोह्रौं साधारणसभा : प्रतिशेयर ४० रुपैयाँ लाभांश, ७.९२ अर्ब मुनाफा

२०८० माघ, १  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सोह्रौं वार्षिक साधारणसभा आइतवार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष (आव) २०७९/८० को मुनाफा रकमबाट प्रतिशेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले आव २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन समेत पारित गरेको छ । सभाबाट कम्पनीको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट मनिषजङ जोशी निर्विरोध चयन भएका छन् ।

सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सञ्चार क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाको वातावरणमा मुनाफाभन्दा सेवा विस्तारलाई उच्च प्राथमिकतामा राखी डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणाको कार्यान्वयनमा सहयोग गर्दै आएको बताए । 

समीक्षा अवधिमा कम्पनीको भ्वाइस सेवातर्फको बजार हिस्सा ७ दशमलव ८२ प्रतिशतले वृद्धि भई ६१ दशमलव ५१ प्रतिशत पुगेको उल्लेख गर्दै अध्यक्ष सुवेदीले भने, ‘आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताकाबीच कम्पनीले कुल ४४ अर्ब ४२ करोड रुपैयाँ आम्दानी गरी ७ अर्ब ९२ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।’ उनले समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्क बापत कुल आयको ६४ दशमलव ०७ प्रतिशतले हुन आउने २८ अर्ब ४६ करोड रुपैयाँ राजस्वको रूपमा बुझाई राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याएको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)