ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गल्ली म्यापलाई ‘सलिको एनवाईईएफ स्टार्टअप’ अवार्ड

२०८० माघ, १  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) प्रिजेन्ट एनवाईईएफ स्टार्टअप अवार्ड’ गल्ली म्यापले प्राप्त गरेको छ । पाँच महीना अगाडिदेखि शुरू भएको छनोट प्रतिस्पर्धामा शुक्रवार भएको फाइनल कार्यक्रमबाट गल्लीलाई विजेता घोषित गरिएको हो । अवार्ड नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्याल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ लगायतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो ।

प्रतिस्पर्धामा सात प्रतिस्पर्धी फाइनलमा पुगेका थिए । विजेता निर्णायक र भोटको आधारमा छनोट गरिएको बताइएको छ । विजेता गल्लीले ४ लाख रुपैयाँसहित अवार्ड प्राप्त गरेको छ । त्यस्तै क्वीकफक्स र पेटमामा नेपाल संयुक्त रूपमा फस्ट रनरअप बन्दै २ लाख रुपैयाँ र अवार्ड प्राप्त गरेका छन् । पेटमामाले ५० हजार रुपैयाँको पब्लिक च्वाइस अवार्ड पनि प्राप्त गरेको छ । 

प्रतियोगितामा दूरशिक्षा एजुकेशनले ५० हजार रुपैयाँ राशीको सोसियल इन्टरप्राइजेज अवार्ड प्राप्त गरेको बताइएको छ । प्रतियोगितालाई सलिको, एनएमबि बैंक, एफएनसीसीआई, एपेक्स कलेज, एडेक्स, एनपीईए र विभिन्न उद्यमसम्बन्धी संस्थाले प्रायोजन र सहकार्य गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)