ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साना किसान विकास लघुवित्तमा नयाँ नेतृत्व, अध्यक्षमा पाठक 

२०८० माघ, १  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा खेम बहादुर पाठक चयन भएका छन् । भक्तपुरको बोडेमा रहेको कृषि विकास बैंकको तालिम केन्द्रमा भएको संस्थाको २२ औं वार्षिक साधारण सभाबाट पाठक अध्यक्षमा चयन हुनुभएको हो । 

नयाँ नेतृत्वका लागि ६ जना सञ्चालक निर्वाचित भएपछि बसेको पहिलो बैठकले पाठकलाई लघुवित्तको अध्यक्षमा चयन गरेको हो । 

संस्थाको सञ्चालकहरूमा डा. बावुकाजी थापा, समता पन्त, सुखदेव न्यौपाने, उमेश लम्साल र भीम प्रसाद पन्त निर्वाचित भएका छन् । नयाँ सञ्चालक समितिको कार्यकाल ४ वर्षको रहने छ । 

ग्रामीण क्षेत्रमा रहेका साना किसान कृषि सहकारी संस्था, लघुवित्त संस्थाहरू र समान प्रकृतिका संस्थाहरूमार्फत थोक कर्जा प्रदायक संस्थाका रूपमा रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड गत असार २४ गते मर्ज भएका थिए । 

७७ जिल्लामा सेवा पुगेको यस कम्पनीको चुक्ता पूँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार २ सय ४ रुपैयाँ पुगेको छ । ५ सय ४६ वटा स्थानीय तहमा सञ्जाल विस्तार गरी १ हजार ६ सय ३६ साझेदार संस्थामार्फत १० लाख २९ हजार ८ सय ७५ परिवारमा यस कम्पनीको सेवा पुगेको छ । कम्पनीमा दलितको ११%, जनजातिको ३९% र अन्यको ५०% रहेको छ, जसमा महिला सहभागिता ७९ प्रतिशत छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)