बेलबारी बन्यो सासु कोषमा आबद्ध हुने कोशीकै पहिलो पालिका
काठमाडौं। सरकारले शुरू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने बेलबारी नगरपालिका कोशी प्रदेशकै पहिलो पालिका बनेको छ । सरकारको मुख्य प्राथमिकताको क्षेत्रका रूपमा रहेको सामाजिक सुरक्षा कोषमा आम श्रमिक वर्गलाई...
केही समयपछि अर्थतन्त्रले लय समात्छ : डा. महत
विराटनगर। कोभिड–१९ को समयदेखि समस्याबाट गुज्रिरहेको अर्थतन्त्र केही समयपछि लयमा आउने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । मोरङ व्यापार संघद्वारा आयोजित एमबीएस एक्स्पो २०२३ समापन कार्यक्रममा अर्थमन्त्री महतले यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘अर्थतन्त्र केही समस्यामा थियो अझै...
पूर्वीनाकालाई सौन्दर्यकरण गर्न ‘संकल्प अभियान’
झापा । पूर्वीनाका काँकडभिट्टालाई सौन्दर्यकरण गर्न स्थानीयवासीले स्वस्फूर्तरुपमा ‘सङ्कल्प अभियान’ शुरूगरेका छन् । काँकडभिट्टा पर्यटक भित्रिने पूर्वको मूलनाका भएकाले यसको थप सौन्दर्यकरण गर्न थालिएको स्थानीयले बताएका छन् ।
एसियाका भारत, बङ्गलादेश, म्यान्मार, थाइल्यान्डलगायत ३२ मुलुकलाई स...
आधुनिक यन्त्रका कारण दाइँ गर्ने परम्परा लोप हुँदै
किमाथाङ्का,सङ्खुवासभा । जिल्लाका किसान गोरु घुमाएर दाइँ लाउने, धान स्वाहार्ने चटारोमा छन् । किसानहरु एकापसमा धेरै मान्छे मिलेर दाइँ हाल्ने परम्परा भए पनि हिजोआज वीरलै त्यस्ता दृश्य देख्न पाइन्छ । सङ्खुवासभामा पछिल्लो समय गोरुको सहायताले गरिने दाइँ संस्कृति लोप हुन थालेको छ ।
गोरुको अभाव र कृषिमा...
प्रभावकारी बन्दै ‘एक रुपैयाँ बचत’ अभियान
इलाम । जिल्लाको रोङ गाउँपालिका–३ का पाँच वर्षीय आरभ अर्यालले हजुरबुवाले टीका लगाएर दिएको रु ५० आफ्नो खातामा राख्न दिए । गाउँपालिकाले ‘अध्यक्षसँग विद्यार्थी’ कार्यक्रमअन्तर्गत ‘एक रुपैयाँ बचत’ कार्यक्रम प्रारम्भ गरेपछि उनले टीका लगाएको रकम खातामा जम्मा गर्न लगाएका हुन् ।...
कोशीमा बजेट विधेयक पारित
विराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ सर्वसम्मतले पारित भएको छ ।
कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको...
कोशी प्रदेश : मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।
प्रदेशसभाको बैठक इस्राइल मन्सुरीले सञ्चालन गर्नुहुनेछ । उपसभामुख सिर्...