ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बेलबारी बन्यो सासु कोषमा आबद्ध हुने कोशीकै पहिलो पालिका

२०८० पुस, २५  
समाचार कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। सरकारले शुरू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत अनौपचारिक र स्वरोजगार क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने बेलबारी नगरपालिका कोशी प्रदेशकै पहिलो पालिका बनेको छ । सरकारको मुख्य प्राथमिकताको क्षेत्रका रूपमा रहेको सामाजिक सुरक्षा कोषमा आम श्रमिक वर्गलाई जोड्ने सरकारको विशेष योजनाअन्तर्गत मोरङको बेलबारी नगरपालिका अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गर्ने कोशी प्रदेशको पहिलो नगरपालिका बनेको हो ।

कोषका तर्फबाट कोशी प्रदेश अन्तर्गत विराटनगर शाखा प्रमुख सौरभ मिश्र र बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईबीच सम्झौता भएको छ । सम्झौता कार्यक्रममा नगरपालिकाका उपप्रमुख नितु थापा र कोषका तर्फबाट महेश प्रधानको समेत उपस्थिति थियो ।

सम्झौतापत्रमा हस्ताक्षरपछि नगर प्रमुख राईले नगरपालिका क्षेत्रभित्रका अनौपचारिक क्षेत्र तथा स्वरोजगारका श्रमिकलाई आगामी माघदेखि नियमित रूपमा सहयोग प्रदान गरिने बताए । साथै आगामी आर्थिक वर्षका लागि स्रोत व्यवस्थापन गरी पालिकामा कार्यरत अस्थायी तथा करार कर्मचारीलाई समेत सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने कार्ययोजना रहेको बताए ।

सो अवसरमा कोषका तर्फबाट विराटनगर शाखा प्रमुख मिश्रले जनताको जीवनयापन तथा आइपर्ने सामाजिक सुरक्षाका विभिन्न समस्याको समुचित सम्बोधन गर्न सामाजिक सुरक्षा अपरिहार्य भएको बताए । यस अभियानले सकारात्मक सन्देश प्रवाह गरेको उनको भनाइ थियो । यस्तै बेलबारी नगरपालिका नगर क्षेत्रभित्रका अनौपचारिक तथा स्वरोजगार क्षेत्रका श्रमिक, जनप्रतिनिधि तथा कोषबीच कोषमा आबद्धताको सम्बन्धमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको कोष शाखा कार्यालय, विराटनगरका सम्पर्क व्यक्ति महेश प्रधानले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)