ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सेवा प्रवाहमा कमी नगर्न गृहसचिव सिंहको निर्देशन

२०७९ चैत, १  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

सुर्खेत । गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले नागरिकलाई सेवा प्रवाहमा कुनै कमीकमजोरी बाँकी नराख्न निर्देशन दिएका छन् । मंगलवार जिल्ला प्रशासन कार्यालय सुर्खेतको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन तथा निरीक्षण गर्दै गृह सचिव सिंहले आम नागरिकलाई सुशासनको प्रत्याभूति हुनेगरी छिटोछरितो, कम खर्चिलो र सर्वसुलभ सेवा प्रवाह गर्न निर्देशन दिएका हुन् ।

‘भवन ठूलो भएर मात्र पुग्दैन । सेवा प्रवाहका लागि आवश्यक आधारभूत सेवासुविधा समेत उपलब्ध हुनुपर्छ,’ उनले भने, ‘देशैभरि जिल्ला प्रशासन कार्यालयका नवनिर्मित भवनमा पूर्वाधारको कमी देखिएको छ ।’ नागरिकलाई दिने सेवासुविधा बढाउन स्थानीय तथा प्रदेश सरकार, नागरिक समाज तथा दाताहरूबाट स्वैच्छिक सहयोग लिन सकिने उनले बताए । पूर्वाधार विकासले सेवा प्रवाह सहज बन्ने भएकाले नयाँ भवनबाट सेवा लिने र दिने दुवैलाई सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले प्रशासन कार्यालयका लागि आउने न्यूज बजेटले अपेक्षाकृत सेवा प्रवाहमा समस्या भइरहेको बताए । नयाँ भवन निर्माण भएसँगै आवश्यक साधनस्रोतका लागि थप बजेट पठाइदिन गृहसचिवसँग उनले आग्रह गरे ।

साढे ७ करोड रुपैयाँ लागतमा जिल्ला प्रशासन कार्यालयको चारतले भवन निर्माण गरिएको हो । तोकिएको समयभन्दा ७ महीनाअघि नै निर्माण सम्पन्न गरेबापत ठेकेदार कम्पनी सुनकोशी/प्रजिल/अभियान जेभी काठमाडौंलाई गृहसचिव सिंहले सम्मान गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)