ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशमा शाही

२०७९ फागुन, २६  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

सुर्खेत । नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको अध्यक्षमा पुनः पदमबहादुर शाही चुनिएका छन् । बिहीवार वीरेन्द्रनगरमा सम्पन्न महासंघको छैटौं प्रदेशसभाले शाहीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको होे । उपाध्यक्षहरूमा जिल्ला नगरतर्फ सुदन श्रेष्ठ र एसोशिएटतर्फ  हर्षविक्रम खड्का निर्वाचित भएका छन् । कोषाध्यक्षमा भानुभक्त बराल चयन भएका छन् । त्यस्तै जिल्ला नगरतर्फ सदस्यहरूमा हुम्लाका नामग्याल तामाङ, सल्यानका कुमार बुढाथोकी, सुर्खेतका लक्ष्मी कार्की, दैलेखका कुमार प्याकुरेल तथा एसोशिएट सदस्यमा खड्कबहादुर शाही र वस्तुगततर्फ कमल नेपाल चुनिएका छन् । अध्यक्ष शाहीले समग्र कर्णालीका उद्योगी व्यवसायीको हितका लागि काम गर्ने बताए । प्रदेश र स्थानीय सरकार तथा उद्योगी व्यवसायीबीचको दूरी घटाउन पहल गर्ने उनको भनाइ थियो । कर्णाली सरकारले प्रदेशमा लगानी भित्र्याउन दिनुपर्ने उनले बताए । उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं सार्क चेम्बर अफ कमर्शका उपाध्यक्ष चण्डीराज ढकालले उद्योग वाणिज्य महासंघले अहिले व्यवसायीका मुद्दामा उचित पहल लिन नसकेको बताए ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)