ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाढीपीडितको बीमा भुक्तानी शुरू

Oct 6, 2017  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा

रू. २ अर्बभन्दा बढीको दाबी

काठमाडौं । गत वर्षायामको बाढीमा करोडौं धनजनको क्षति भएपछि बीमा कम्पनीमा पर्न आएको दाबीको भुक्तानी हुन थालेको छ । बीमा समितिका अनुसार बीमा कम्पनीहरूमा ६ सय ६२ जनाबाट करीब रू. २ अर्बबराबरको रकम दाबी पर्न आएको थियो । त्यसमध्ये हालसम्म बीमा कम्पनीले २३ जनाको रू. ३ करोड ५८ लाख ८६ हजार ३ सय २७ दाबी भुक्तानी गरेको हो ।कम्पनीहरूले प्राप्त सूचना तथा प्रारम्भिक निरीक्षणबमोजिम पर्न आएको २ अर्ब २ करोड ८९ लाख ६२ हजार ३ सय ६७ रुपैयाँ दाबीबाट भुक्तानी गर्न थालेको बीमा समितिले जानकारी दिएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भूकम्प जाँदा परेको दाबीभन्दा बाढीपछि दाबी धेरै परेको छ र यसको भुक्तानी पनि छिटो हुन थालेको छ । उनले प्राकृतिक प्रकोपबाट केही राहत पाउन यस प्रकारको बीमा अनिवार्य गरिनुपर्नेमा जोड दिए । उनका अनुसार भूकम्पबाट हुने क्षतिको बीमालाई अनिवार्य गरिएको छ । बीमा कम्पनीहरूले घटनास्थलमा सर्वेयर पठाएर क्षतिको आकलन गरेपछि दाबी भुक्तानी प्रक्रिया अघि बढेको हो । सञ्चालित १७ ओटा बीमा कम्पनीले बाढीबाट क्षति हुँदा पर्न आएको दाबी र यसको भुक्तानीको असोज पहिलो सातासम्मको तथ्याङ्क बीमा समितिमा पठाइसकेका छन् । उक्त तथ्याङ्कको आधारमा हालसम्म सङ्ख्याको हिसाबमा सबैभन्दा धेरै अग्नि बीमामा ३ सय ३ जनाले दाबी गरेका छन् । यसअन्तर्गत १ अर्ब ३१ करोड ८८ लाख ८३ हजार ७ सय ८६ रुपैयाँ दाबी गरिएको छ । सोे दाबी रकममध्ये बीमा कम्पनीले हालसम्म १८ जनाको ३३ करोड ७ लाख २५ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ । यसैगरी मोटर बीमामा १ सय २९ जनाको दाबी पर्न आएको थियो । उनीहरूले २ करोड ११ लाख ९४ हजार ५ सय ४९ रुपैयाँ दाबी गरेका छन् । त्यसमध्ये कम्पनीहरूले ४ जनालाई १ लाख ६१ हजार ३ सय २७ रुपैयाँबराबर दाबी भुक्तानी गरिसकेको बीमा समितिको तथ्याङ्कले देखाएको छ । यसैगरी निर्माणाधीन आयोजनाको इञ्जिनीयरिङ बीमामा १ सय १३ जनाको दाबी पर्न आएको थियो । उनीहरूले ५६ करोड ५१ लाख ३९ हजार १ सय ८२ रुपैयाँ दाबी गरेका छन् । यो दाबी रकममध्ये हालसम्म कसैको पनि भुक्तानी भएको छैन । यस्तै निर्माण सम्पन्न भइसकेको आयोजनाको इञ्जिनीयरिङ बीमामा ३७ जनाले रू. ८ करोड ४४ लाख १८ हजार २ सय ५० दाबी गरेका छन् । यो शीर्षकमा पनि दाबी भुक्तानी शुरू भएको छैन । बाढीका कारण दाबी पर्न आएकोमध्ये सबैभन्दा कम सामुद्रिक बीमामा परेको थियो । सोअन्तर्गत ३ जनाले ७४ लाख ५० हजार रुपैयाँ दाबी गरेका छन् । त्यसमध्ये १ जनालाई २० लाख रुपैयाँबराबरको दाबी भुक्तानी गरिसकिएको छ । यसैगरी बाली तथा पशुपक्षी बीमा शीर्षकमा ७७ जनाको दाबी परेको थियो । त्यसमध्ये बाली बीमामा मात्र २८ जनाले ३६ लाख ८० हजार ६ सय रुपैयाँबराबरको दाबी गरेका छन् । यस्तै पशुपक्षी बीमामा ४९ जनाको २ करोड ८१ लाख ९६ हजार रुपैयाँको दाबी परेको छ । यी दुवै बीमाअन्तर्गत दाबी भुक्तानी शुरू भएको छैन । १७ ओटा बीमा कम्पनीमध्ये बाढीपछि सङ्ख्यात्मक रूपमा सबैभन्दा बढी ७८ जनाले नेशनलमा दाबी भुक्तानीका लागि आवेदन दिएका थिए । नेशनलको दाबी रकम पनि अरूको तुलनामा बढी छ । नेशनलमा रू. ३३ करोड १४ लाख ३४ हजारबराबरको दाबी पर्न आएको छ । बीमा समितिमा निर्जीवन बीमा कम्पनीहरूले बाढीबाट भएको क्षतिमा पर्न आएको दाबी र यसको भुक्तानीबारे तथ्याङ्क पठाएका छन् तर जीवन बीमाको भने दाबीको विवरण भने हालसम्म नआएको समितिले बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)