ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

युनियन लाइफको ‘होललाइफ’ र ‘मनिब्याक पोलिसी’ : नेपालमै पहिलो

Oct 18, 2017  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । केही दिनअघि मात्र कारोबार शुरू गरेको युनियन लाइफ इन्योरेन्सले नेपालमै पहिलोपटक ‘होललाइफ’ र ‘मनिब्याक पोलिसी’ ल्याएको छ । यो पोलिसी लिने बीमित वा उसको आश्रित परिवारले तीनपटक यसबाट लाभ लिन सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले बताए । होललाइफ र मनिब्याक पोलिसी केही दिनअघिमात्र बीमा समितिले पारित गरेको पनि उनले जानकारी दिए । यस पोलिसीमा कुनै निश्चित समयका लागि बीमा गरेको व्यक्तिले त्यो अवधिपछि बीमाङ्क रकमका साथै म्याचुरिटीमा पुगेपछि त्यसको बोनस र म्याचुरिटी नहुँदै मृत्यु भयो भने वा बीमित व्यक्ति सय वर्षसम्म बाँच्यो भने फेरि त्यो बीमाङ्क रकम पाउने उनले बताए । यो पोलिसीले एकपटकको म्याचुरिटीपछि पनि पुुनः जोखीम वहन गर्छ । यसमा बीमितले निश्चित अवधिको प्रिमियमबाहेक अन्य केही तिर्नु नपर्ने कर्णले जानकारी दिए । कम्पनीले त्यसका अतिरिक्त अन्य नयाँ पुराना बीमा कम्पनीका पोलिसीलाई पनि सँगसँगै लैजाने जानकारी दिएको छ । उनले भने, ‘बीमामा केही नयाँ ल्याउनुपर्छ भन्ने हाम्रो मान्यता हो । यो पोलिसी नयाँ नै भयो । अन्य पोलिसीको बजार पनि पर्याप्त भएकाले नयाँ र पुरानो मिश्रण गरी कम्पनी अगाडि बढ्नेछ ।’ उनले अहिले नेपालमा जम्मा ८ प्रतिशतको मात्र बीमा भएकाले बीमा बजार खाली नै रहेको र यस क्षेत्रमा प्रशस्त अवसर भएको बताए । चालू आर्थिक वर्षभित्रै देशभरि गरेर ४० ओटा शाखा खोल्ने लक्ष्य लिएको उक्त कम्पनीले १ साताभित्रै २० ओटा शाखा खोलिसक्ने उनले बताए । ती शाखा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म देशका प्रमुख शहरहरूमा खोलिनेछन् । बजारमा अहिले नयाँ–नयाँ बीमा कम्पनी आइरहेका र पुरानाले पनि काम गरिरहेको अवस्थामा बीमा व्यवसाय थप बढ्ने कर्णको भनाइ छ । उनले भने, ‘राष्ट्रिय बीमा संस्थान खुल्दा जुन सङ्ख्यामा बीमा गरिन्थ्यो, उसले जति व्यापार गर्‍यो, २०४६ सालमा त्योभन्दा बढी गरेको छ । किनभने त्यतिबेला नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स आएपछि बीमा बजार बढ्यो ।’ यसैगरी २०५८ सालमा नेपाल लाइफ, एलआईसी र एलिको र २०६४ सालमा एशियन, गुराँस, सूर्या र प्राइम लाइफ इन्स्योरेन्स गरी चारओटा नयाँ कम्पनी थपिएपछि बीमाक्षेत्रको व्यापार झन् बढेको उनले बताए । जति बढी प्रतिस्पर्धा हुन्छ, त्यति बढी नै व्यापार बढ्ने कर्णको धारणा छ । २ सय १५ करोड रुपैयाँबाट खोलिएको यो कम्पनीमा प्रबुद्ध औद्योगिक तथा व्यापारिक घराना गोल्छा, जगदम्बा, गाडिया, टिवडेवाल, न्यौपाने, राजेशलगायत २९ जना प्रवर्द्धक रहेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)