ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विदेशी बीमा कम्पनीको पूँजी वृद्धि अन्योलमा

Nov 22, 2017  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । नेपालमा शाखा कार्यालयमार्फत व्यवसाय गर्ने बीमा कम्पनीहरूले नियामकले तोकेबमोजिमको पूँजी पुर्‍याउने विषयमा अझैसम्म ठोस निर्णय गर्न सकेका छैनन् । बीमा समितिले चालू आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्मको समय सीमा दिएर तोकिएबमोजिमको पूँजी पुर्‍याउन निर्देशन दिएको थियो । सोहीअनुसार स्वदेशी बीमा कम्पनीहरूले पूँजी वृद्धिको प्रक्रिया शुरू गरे पनि विदेशी बीमा कम्पनीले भने अझै अलमल गरिरहेको समिति स्रोतले बताएको छ । समितिले आगामी असार मसान्तसम्ममा जीवन र निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी क्रमशः रू. २ अर्ब र रू. १ अर्ब पुर्‍याउनुपर्ने कानूनी व्यवस्था गरेको छ । सो अवधिमा तोकिएको पूँजी पुर्‍याउन गत असार मसान्तसम्ममा पूँजी वृद्धिको स्पष्ट कार्ययोजना समितिमा पेश गर्न निर्देशन दिएको थियो । ‘सोहीअनुसार अधिकांश स्वदेशी बीमा कम्पनीले पूँजी वृद्धिको कार्ययोजना पेश गरेका छन्,’ समिति स्रोतले भन्यो, ‘तर विदेशी तीनओटा बीमा कम्पनीले कानूनअनुसार निर्धारित पूँजी कसरी पुर्‍याउने भन्ने विषयमा सुरसार गरेको देखिएन ।’ पूँजी वृद्धिको कार्ययोजना पेश गर्ने समय सीमा सकिएको लामो समय हुँदा पनि चासो नदेखिनुको कारण बुझ्न नसकिएको बीमा समिति स्रोतको भनाइ छ । अहिले नेपालमा सञ्चालित मेट लाइफ (एलिको), नेशनल इन्स्योरेन्स र द ओरियण्टल इन्स्योरेन्सका शाखा सञ्चालनमा छन् । तिनमा सम्बन्धित विदेशी बीमा कम्पनीको पूर्ण स्वामित्व छ । ती तीनओटै कम्पनीले निर्धारित पूँजी कसरी पु¥याउने भन्नेबारे समितिमा कुनै जानकारी दिएका छैनन् । बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३ मा स्वदेशी कम्पनीले तोकिएको चुक्तापूँजी पुर्‍याउनु भनिएको छ भने विदेशी बीमकको हकमा स्वदेशी बीमकका लागि तोकिएको न्यूनतम चुक्तापूँजीबराबरको निर्धारित पूँजी कायम गर्नुपर्ने व्यवस्था छ । त्यो निर्धारित पूँजीमा विदेशी बीमकले नेपालमा गरेको व्यवसायबाट कमाएको सञ्चित नाफालगायत अन्य कोषको रकम समावेश गर्न मिल्ने व्यवस्था छ । ती विदेशी बीमकले समितिमा पेश गरेको पछिल्लो वित्तीय विवरणअनुसार आव २०७२/७३ को वासलातलाई आधार मान्दा  तोकिएको समयमा निर्धारित पूँजी नपुग्ने समिति स्रोत बताउँछ । त्यसरी अपुग हुन आएको पूँजी कम्पनीको मातृ कम्पनी वा केन्द्रीय कार्यालयले रकम थपेर पुर्‍याउनु पर्ने कानूनी व्यवस्था छ । तोकिएबमोजिमको निर्धारित पूँजी पुर्‍याउन विषयमा मेट लाइफ नेपालले कार्ययोजना बनाएको वा केन्द्रीय कार्यालयले नै बीमा समितिसँग प्रत्यक्ष कुरा गरिरहेको विषयमा आफूलाई थाहा नभएको कम्पनीका सञ्चार अधिकृत अङ्कित राजभण्डारीले अभियानलाई बताए ।  ओरियण्टल ईन्स्योरेन्सका एक अधिकारी भने नेपालको नाफा केन्द्रीय कार्यालय नपठाएर पूँजी कोषमा राखिएको बताउँछन् । ‘त्यसरी सञ्चित नाफाबाट पनि नपुगेको पूँजी केन्द्रबाट पठाउनका लागि अनुरोध गर्छौं,’ ती अधिकारीले भने । हालसम्म विदेशी बीमा कम्पनीहरूले नेपालमा कमाएको नाफा प्रचलित कानूनबमोजिम केन्द्रीय कार्यालयमा पठाउँदै आएका छन् । बीमा समितिको पछिल्लो निर्देशनअनुसार तोकिएको निर्धारित पूँजी नपुगेसम्म त्यस्तो नाफा सञ्चित कोषमा राख्नुपर्ने समिति स्रोत बताउँछ । तर, सम्बन्धित कम्पनीले भने अझैसम्म त्यस्तो पूँजीकोषको व्यवस्था नगरेको ती कम्पनीहरूले प्रकाशित गरेको त्रैमासिक वित्तीय विवरणले देखाउँछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)