ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माइक्रो फाइनान्स प्रति ग्रामीण समुदायको आकर्षण

Nov 27, 2017  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
मङ्सिर ११‚ धनगढी । सामूहिक जमानीमा सहज रुपमा कर्जा उपलब्ध हुने भएपछि ग्रामीण समुदायको आकर्षण माइक्रो फाइनान्सप्रति बढ्दै गएको पाइएको छ । एकवर्षअघि कञ्चनपुरको वेलौरीमा कर्पोरेट कार्यालय स्थापना गरी व्यवसाय सुरु गरेको घोडीघोडा लघुवित्त वित्तीय संस्थाप्रति विशेष गरी थारू‚ दलित‚ आर्थिक रुपमा विपन्न परिवार तथा सिङ्गो ग्रामीण समुदाय नै आकर्षित भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत कुन्नुनारायण चौधरीले बताए । सामूहिक जमानीको आधारमा सहज रुपमा व्यक्तिलाई कर्जा उपलब्ध गराउन थालेपछी छोटो समयमै दर्जनौ समुह र केन्द्र बनाउन संस्था सफल भएको उनले बताए । चालू आवको कात्तिक मसान्तसम्म संस्थाले वेलौरी र धनगढी शाखामार्फत गरी १२ सय समुह सदस्य र एकसय वटा केन्द्र निर्माण गरिसकेको तथ्याङ्क छ ।  ५ जनाको एउटा समुह बन्छ भने १० देखि २५ जनासम्मको एउटा केन्द्र बन्ने गरेको प्रमुख कार्यकारी अधिकृत चौधरीले बताए । संस्थाले आफ्नो पहिलो वार्षिक साधारणसभाबाट ३० प्रतिशत थप पुँजी वृद्धिका लागि हकप्रद शेयर जारी गरेको उनले बताए । दोस्रो वार्षिक साधारणसभाबाट सर्वसाधारणका लागि पनि हकप्रद शेयर जारी गर्ने तयारीमा जुटेको उक्त संस्थाको कुल चुक्तापूँजी १ करोड १० लाख ५० हजार रहेकोमा ३० प्रतिशत हकप्रद शेयर जारीपछि संस्थाको कुल चुक्तापुँजी २ करोड ७६ हजार पुग्नेछ‚ उनले भने । “हाम्रो मुख्य उद्देश्य भनेकै शेयरपूँजी वृद्धि गर्ने हो”‚ प्रमुख चौधरीले भने । उनका अनुसार चालु आवभित्र कैलालीमा तीन र डोटीमा एउटा शाखा विस्तार गर्ने उद्देश्यका साथ तयारी शुरु गरिएको छ । धनगढीमा यसअघि नै शाखा विस्तार गरिसकिएको छ । संस्थाको लगानीमा रहिरहेको पुँजी साढे ४ करोड छ भने संस्थामा आवद्ध सदस्यहरूबाट गरी चालु आवको कात्तिक मसान्तसम्म २५ लाख रुपैयाँ निक्षेप सङ्कलन भएको छ । नेपाल राष्ट्र बैङ्कले १८ प्रतिशतभन्दा बढि ब्याजदरमा ऋण लगानी नगर्न निर्देशन दिएपछि संस्थाले अपेक्षित रुपमा मुनाफा आर्जन गर्न नसकेको अधिकृत चौधरीको भनाई छ । “पहिले ८ प्रतिशत ब्याजदरमा विभिन्न वाणिज्य बैङ्कहरूबाट ऋण लिएर माइक्रोफाइनान्सहरूले २२–२५ प्रतिशतसम्ममा कर्जा लगानी गर्न दिन्थ्यो भने पछिल्लो समय हामीले वाणिज्य बैङ्कहरूबाट १२ प्रतिशत ब्याजदरमा कर्जा लिएर ४ प्रतिशतको मार्जिनमा मात्रै लगानी गर्नुपर्ने अवस्थाका कारण संस्था व्यवस्थापनमा समस्या हुने गरेको छ”‚ उनले गुनासो गरे । यो विषयमा राष्ट्र बैङ्कलाई जानकारी गराई सकेकाले राष्ट्र बैङ्कले मनन गरी हेरफेर गर्ने आश्वासन दिएको पनि उनले बताए । ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएका माइक्रोफाइनान्सहरूलाई विशेष सुविधा दिनुपर्ने माग चौधरीको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)