ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आन्तरिक पर्यटकलाई लोभ्याउँदै म्याग्दीको बेलढुङ्गा

Dec 18, 2017  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
पुस ३, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका भकिम्लीको शिरमा अवस्थित पर्यटकीयस्थल बेलढुङ्गा आन्तरिक पर्यटकको रोजाईमा परेको छ । प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको बेलढुङ्गाका बारेमा समाचार प्रकाशित भएपछि युवाहरू विदाको समयमा समूह बनाई बेनी हुँदै भकिम्लीको बेलढुङ्गासम्म जाने गरेका छन् । पछिल्लो एकहप्तामा बागलुङ र पर्वतबाट मोटरसाइकलमा युवाहरूको समूह भकिम्लीको स्वर्गाआश्रम हुँदै बेलढुङ्गामा पुगेर फर्किएको जयन्ती मावि भकिम्लीका शिक्षक भोज बहादुर जिसीले बताए । ‘चहलपहल शुरू भएको छ, पदमार्ग बनाउन सम्बन्धित निकायबाट बजेटको आवश्यकता छ’ जिसीले भने । अवलोकन गरेर फर्किएका राजेश घर्तीले आकर्षक पर्यटकीय गन्तव्य भएकाले पदमार्ग र होमस्टेको व्यवस्थापन हुनुपर्ने बताए । ‘बेलजस्तै ढुङ्गामाथिबाट देखिने दृष्यले सबैलाई लोभ्याउँछ’ उनले भने । धार्मिकस्थल स्वर्गाआश्रमबाट करीब ४५ मिनेटको दूरीमा छ बेलढुङ्गा । आसपासको क्षेत्रबाट धौलागिरि, गुर्जा, चुरेन, निलगिरी लगायतका एकदर्जन हिमशृङ्खला, लालीगुराँसको घना जङ्गल, बन्यजन्तुको बासस्थानका साथै मनोरम दृष्यहरू देखिन्छन् । जङ्गलको बीचमा रहेको अग्लो ढुङ्गामा करीब ३० जनासम्म बस्न मिल्छ । प्राचिनकालमा तपस्या गर्न  गएका सप्त ऋषिहरूले तपस्या गर्ने क्रममा ठूला पत्थरमा बनाएको बाटो हुँदै पुगिने उक्त ठाउँलाई सप्तऋषि बेलढुङ्गा समेत भन्ने गरिन्छ । स्वर्गाआश्रमदेखी बेलढुङ्गाका बिचमा २ सयवर्ष अगाडी तपस्या गर्ने स्थानहरू अहिले पनि सजिलै पहिचान गर्न सकिन्छ । पर्यटकले अग्लो पहाडमा रहेको बेलढुङ्गाबाट म्याग्दीका साथै बागलुङ, पर्वत, कास्की, गुल्मी जिल्लाका भूभाग सहित धौलागिरि हिमश्रृङ्खलाको अवलोकन गर्ने गरेको पाइन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)