ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१ सय २० घर निर्माण

Dec 19, 2017  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
ललितपुर (घुसेल)। भूकम्पबाट पूर्णरूपमा क्षति भएका निजी आवास निर्माणका लागि सल्भ नेपालले सहयोग गरेको छ । संस्थाले रू. ३ करोड ६० लाखको लागतमा भूकम्पबाट अतिप्रभावित ललितपुरको घुसेल गाविसमा १ सय २० ओटा भूकम्पप्रतिरोधी घर निर्माण गरेको छ । सल्भ नेपालको ‘नेपाल भूकम्प पुनर्लाभ, पुनर्निर्माण तथा उत्थानशीलता परियोजना’ले साविकको घुसेल गाविस १, ४, ५, ८ र ९ हाल बागमती गाउँपालिकाका–१ का भूकम्प प्रभावितका निजी आवासहरू पुनर्निर्माण गरेको हो । परियोजनाका कार्यक्रम संयोजक तथा सिभिल इञ्जिनीयर प्रभात राउतले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यविधि तथा नियमअनुसार प्राधिकरणकै सिफारिशमा यस क्षेत्रमा घर निर्माण गरिएको बताए । उनले भने, ‘पहिलो चरणमा संस्थाले भूकम्पको समयमा यहाँका विभिन्न गाविसमा आपतकालीन सहयोग गरेका थियौं, अहिले हामीले हालको बागमती गाउँपालिकाका स्थानीयको आवास निर्माणको काम सम्पन्न गरेका छौं । यसका साथै यहाँका स्थानीयलाई मनोसामाजिक सहायता, भूकम्पप्रतिरोधात्मक भवन निर्माणसम्बन्धी तालीम दिएका छौं ।’ परियोजनाले जुलाई २०१६ देखि २०१७ डिसेम्बरको अन्त्यसम्ममा सबै आवास निर्माण गर्ने बताएको छ । त्यसो त, उक्त परियोजनाले अक्टोबर २०१७ मा निर्माण सम्पन्न गर्ने भने पनि २ महीना थप गरेको छ । कार्यक्रम संयोजक राउतले सरकारको अनुदानसँगै पीडितका निजी आवास निर्माणका लागि साढे ३ लाखदेखि ६ लाख रुपैयाँसम्म लागत लागेको बताए । यहाँ निर्माण भएका घरहरू अधिकांश स्थानीय स्रोतबाट निर्माण भएका छन् । उक्त संस्थाले यस स्थानमा निर्माण भएका निजी घरहरू निर्माणका लागि प्राविधिक र आर्थिक सहयोग गर्दै आएको छ । २ महीना समय थप गरेको परियोजनाका केही घरहरू निर्माणाधीन अवस्थामा छन् । यस्तै, बागमती गाउँपालिकाका बडा सदस्य रामजी गौतमले परियोजना तथा सरकारको सहयोगका अतिरिक्त यहाँका स्थानीयले पर्म, दुग्ध व्यवसाय र सहकारीबाट स्रोत जुटाएको बताए । उनले भने, ‘कोष तथा लेखा नियन्त्रण कार्यालयले रकम निकासामा ढिलाइ गरेको छ, यसले गर्दा पुनर्निर्माणको काममा थप ढिलाइ देखिएको छ ।’ सो गाविसका स्थानीय आकाश लो तामाङले संस्थाले घर निर्माण गरेर सहयोग पुगेको बताए । १०/१२ दिनमा गाविसका सबै घर निर्माण हुने बताए । संस्थाबाट तालीमसमेत लिएका उनले भने, ‘तुलनात्मक रूपमा पहिलाभन्दा भूकम्पप्रतिरोधात्मक घर बनाउँदा केही मात्रामा लागत बढेको छ ।’ कञ्चन लो तामाङले घर र शौचालय बनाउँदा रू. ६ लाख लागेको बताइन् । सरकारको अनुदान र आफ्नै स्रोतबाट उनले घर निर्माण गरेको बताइन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)