ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कृषि, आरडी र समाजशास्त्र पढ्ने पनि बैङ्क सीईओ

Dec 19, 2017  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । अब ग्रामीण विकास (आरडी), कृषि र समाजशास्त्र विषयमा स्नातकको योग्यता भएकाहरू बैङ्क तथा वित्तीय संस्थामा सञ्चालक र कार्यकारी प्रमुख हुन पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले यसअघिको व्यवस्थामा उक्त ३ विषयलाई थप गर्ने परिपत्र जारी  गर्दै सञ्चालक र कार्यकारी प्रमुख बन्ने बाटो खुलाएको हो । बैङ्कले यसअघिको बैङ्क तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको योग्यतासम्बन्धी नियम परिमार्जन गरेर नयाँनयाँ विषय थप गरेको हो । पहिला वाणिज्य, व्यवस्थापन र अर्थशास्त्र विषयको योग्यता भएका मात्र उक्त पदका लागि योग्य हुने व्यवस्था थियो । उक्त व्यवस्थामा थप गर्दै केन्द्रीय बैङ्कले सबै विषयमा स्नातक गरेका र बैङ्किङ तथा वित्त, सरकारी निकाय र विश्वविद्यालय तथा अन्तरराष्ट्रिय सङ्घसंस्थाको अधिकृत तहमा काम गरेको अनुभव हुनुपर्ने व्यवस्था गरेको छ । उक्त पदभन्दा माथिल्लो तहमा कम्तीमा ३ वर्षको कार्य अनुभव प्राप्त व्यक्ति सञ्चालक र कार्यकारी प्रमुख हुन पाउने व्यवस्था छ । नेपाल राष्ट्र बैङ्कले २०७४ सालभित्रै जारी गरेको विनियमावलीको विनियम ५ अन्तर्गतको यो व्यवस्थालाई १ वर्ष पूरा नहुँदै थपेकोमा कतिपयले आलोचना गरेका छन् । ‘केही बैङ्क तथा वित्तीय संस्था र केन्द्रीय बैङ्कका सीमित व्यक्तिको स्वार्थमा यो व्यवस्था आएको देखिन्छ,’ एक पूर्वबैङ्करले भने । नेपाल राष्ट्र बैङ्कका प्रवक्ता नारायणप्रसाद पौडेल भने बैङ्क तथा वित्तीय संस्थाबाट पटकपटक यसको माग आएपछि आवश्यकता महसूस गरेर ३ विषय समावेश गरिएको बताउँछन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)