ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जग्गा अतिक्रमण रोक्न समिति

Dec 22, 2017  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट
धनगढी । कञ्चनपुरको महेन्द्रनगर नगर विकास समितिको मातहतमा रहेको जग्गा अतिक्रमण रोक्न समिति गठन गरिएको छ । पदाधिकारीको मिलेमतोमा समितिको मातहतमा रहेको जग्गा अतिक्रमण भएको समाचार पटक–पटक आर्थिक अभियानले सार्वजनिक गरेको थियो । समाचार सार्वजनिक भएपछि बिहीवार महेन्द्रनगरमा समितिको संयोजकत्वमा यसअघि उच्चस्तरीय छानबिन समितिले औंल्याएका कार्यहरूको सत्यतथ्य पत्ता लगाई १ महीनाभित्रै नगर विकास बोर्ड बैठकमा प्रतिवेदन पेश गर्ने गरी ७ सदस्यीय उपसमिति गठन गरिएको हो । समितिले हाल भइरहेको जग्गा अतिक्रमण पूर्णरूपमा रोक्न लगाई बिहीवारदेखि नै उपसमितिले काम थालेको बताइएको छ । नेकपा एमालेका तर्फबाट प्रतिनिधि नगरविकास समिति महेन्द्रनगर संयोजक रहने गरी ७ सदस्यीय उपसमिति गठन गरिएको हो । उपसमितिमा नेपाली काङ्ग्रेस, माओवादी केन्द्रलगायत राष्ट्रिय पार्टीका प्रतिनिधिहरू उपसमितिमा सदस्य बनेका छन् । समितिको मातहतमा रहेको जग्गा अतिक्रमणप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले उल्लेख गरेको छ । बैठकमा सहभागी सरोकारवालाले जग्गा अतिक्रमण रोक्न प्रतिबद्धता व्यक्त गरेका छन् । उपसमितिले नगर विकास समितिका कुन–कुन अध्यक्षको कार्यकालका बेला के कति जग्गा अतिक्रमण भयो, कति भाडामा दिइयो र आर्थिक पारदर्शितालगायत विषयमा सत्यतथ्य बाहिर ल्याउने गरी प्रतिवेदन तयार गर्नेछ । बैठकमा सहभागी अधिकांश वक्ताले समितिका तत्कालीन अध्यक्ष गणेश रसाइलीले ऐननियम लत्याउँदै अति न्यून मूल्यमा ओपेरा होटलको पश्चिमपट्टि भाडामा दिएको ३ कठ्ठा जग्गामा बनेको स्वीमिङ पुल भत्काएर काम गर्न सके अन्य क्षेत्रको अतिक्रमण सहजै रूपमा भत्काउन सकिने बताएका छन् । रसाइली र होटल सञ्चालकहरूले गरेको गलत निर्णयका कारण अरूले पनि सोहीअनुरूप अतिक्रमण गरेको भन्दै उक्त निर्णय खारेज गर्न उपसमितिलाई सहभागीले सुझाव दिए । उपसमितिको प्रतिवेदनपश्चात् अतिक्रमण रोक्न सकिने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका डिभिजन प्रमुख रवीन्द्र बोहराले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)