ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सगरमाथाको उचाइ मापन : पहिलोपटक आफ्नै स्रोतमा

Dec 22, 2017  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । नेपालले विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ पहिलोपटक आफै नाप्ने भएको छ । उक्त कामका लागि सम्पूर्ण प्रारम्भिक तयारी पूरा भएको नापी विभागले बताएको छ । विभागका अनुसार उचाइ मापनलाई विश्वसनीय बनाउन उत्तरतर्फसमेत जीपीएस र ग्राभिटी सर्वेक्षणका लागि चीन सरकारसँग अनुरोध गरिनेछ । उक्त कार्यका लागि २५ करोड रुपैयाँभन्दा बढी खर्च हुनसक्ने विभागका निर्देशक तथा सूचना अधिकारी अनिल मरासिनीले जानकारी दिए । तर, सो कामका लागि अर्थ मन्त्रालयले चालू आर्थिक वर्षमा रू. २ करोडमात्र बजेट विनियोजन गरेको छ । गत साता काठमाडौंमा सम्पन्न  सगरमाथाको उचाइसम्बन्धी अन्तरराष्ट्रिय गोष्ठीबाट प्राप्त तथ्याङ्क, सुझाव र सल्लाहका आधारमा सगरमाथाको उचाइ आफैले मापन गर्ने निर्णय गरेको मरासिनीले बताए । केही दिनअघि काठमाडौंमा सम्पन्न अन्तरराष्ट्रिय गोष्ठीमा जापान, अमेरिका, स्वीडेन, स्वीट्जरल्याण्ड, भारत, चीन, इटलीलगायत देशका विज्ञहरूको सहभागिता थियो । सगरमाथाको उचाइ मापन गर्न तयार पारेको कार्यविधिलाई अन्तिम रूप दिएर अन्तरराष्ट्रिय विज्ञहरूको सहयोगमा नेपाली विज्ञ तथा प्राविधिकहरूले नै सगरमाथाको आधिकारिक उचाइ मापन गरिने मरासिनीले बताए । उनले भने, ‘उचाइ मापनका लागि नेपाली विज्ञ तथा प्राविधिक नै संलग्न हुनेछन् । आवश्यक परेमात्र अन्तरराष्ट्रिय विज्ञको परामर्श लिइनेछ । त्यसैले पनि यो पूर्णरूपमा नेपालीले नै गर्ने हो ।’ उचाइ मापनको काममा भारतको समेत सहयोग लिइने र भारतीय सीमाक्षेत्रको कुनै निश्चित स्थानलाई आधार विन्दु बनाएर उचाइ प्रमाणीकरण गरिने विभागको भनाइ छ । उक्त प्रयोजनका लागि भारत सरकारलाई नेपालको सीमासम्म उचाइ मापनका लागि अनुरोध गरिनेछ ।  भारतीय सीमाबाट नेपालतर्फको मापन कार्यविधि पनि तयार भइसकेको मरासिनीले बताए । उनका अनुसार सिराहा जिल्लाको  मिर्चैयासम्म भारतीय नजीकको सीमाबाट उचाइ मापन गर्दै ल्याउने र त्यहाँबाट सोलुखुम्बुको ताक्सिन्दु, पिके, सोलुङ र छुल्यामुसम्म मापन गरिनेछ । त्यसपछि ‘ट्रिगोनोमेट्रिकल लेभलिङ’बाट सगरमाथाको उचाइ मापन गर्ने विभागको योजना छ । यसरी नापिदैछ सगरमाथा सर्वोच्च शिखर सगरमाथाको उचाइ मापनका लागि विभिन्न १२ विन्दु छनोट गरी  जीपीएस सर्वे गरिनेछ । यस्तै लेभलिङ गरिएका विन्दु तथा सगरमाथा नजीकका क्षेत्रहरूमा ग्राभिटी सर्वे गरी त्यस क्षेत्रको ‘जिवोड’ निर्धारण गरेपछि सगरमाथामा जीपीएस सर्वेक्षण गरेर उचाइ निर्धारण हुने मरासिनीले बताए । यो सबै काम सम्पन्न गर्न बढीमा २ वर्षसम्मको समय लाग्नसक्ने नापी विभागको अनुमान छ । मरासिनीले  सबै मौसममा सगरमाथाको उचाइ मापन कार्य कठिन हुने भएकाले सिजनमा मात्र काम हुँदा बढी समय लिने बताए । ‘जिवोड’ भनेको समुद्र नभएको स्थानमा उचाइ मापनका लागि तय गरिने आधार विन्दु हो । सो आधार विन्दु नजीकको समुद्रबाट नहरमार्फत पानी ल्याउन सकिने गरी तयार गरिएको काल्पनिक रेखाद्वारा निर्धारण गरिन्छ । विभागका अनुसार २०७२ वैशाखको भूकम्पपछि सगरमाथाका लेबल लाइन  हल्लिएकाले त्यसको निर्धारण र सगरमाथाको चुचुरोमा मेशिन राखेर मापन गर्नुपर्ने हुँदा प्रतिकूल मौसम र नेपालले गरेको उचाइ मापनलाई अन्तरराष्ट्रिय मान्यता दिलाउनु चुनौतीपूर्ण कार्य भएको निर्देशक मरासिनीले बताए । तत्कालीन इष्ट इण्डिया कम्पनीको मातहत रहेको सर्वे अफ इण्डियाले सन् १९४७ मा विश्वकै सर्वोच्च शिखर मापन गरेको थियो । त्यस मापनमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर मापन गरिएको थियो । त्यसपछि पनि पाँचओटा छुट्टाछुट्टै सर्वेक्षण भइसकेको छ । यो पटकको मापन नेपालको आधिकारिक मापन हुने उनले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)