ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डा केसी साधारण तारेखमा रिहा (आदेशको पूर्णपाठ सहित)

Jan 10, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विकास भट्टराई
पुस २६, काठमाडौं । त्रिवि शिक्षण अस्पतालका प्रा डा. गोबिन्द केसीलाई सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गरेको छ । अदालतको अवहेलना मुद्दामा सोमवार साँझ पक्राउ परेका डा. केसीको मुद्दाको प्रारम्भिक फैसला सुनाउँदै सर्वोच्च अदालतले केसीलाई साधारण तारेखमा रिहा गरेको छ । साथै डा केसीले आरोपित गरेका प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपि न्यायपरिषद्बाट बुझ्ने निर्णय भएको छ । सर्वोच्चले केसीको मुद्दाको मिसिलमा डिनमा पुनःवहाली गरेका डा. शशी शर्माको आइतवार भएको फैसला सँगै राख्ने निर्णय भएको छ । मङ्गलवार विहान सर्वोच्चमा वयान दिएका केसीले आफूले न्यायालयको नभै भ्रष्ट न्यायाधीशको मात्रै आलोचना गरेकाले सम्मिानित अदालतको अवहेलना नगरेको जिकिर गरेका थिए । बुधवार न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस भएको थियो । बहस सकिएपछि बुधवारै केसीलाई रिहा गर्ने र प्रधानन्यायाधीशको नागरिकता छानविनका लागि न्यायपरिषद्बाट लिने फैसला भएको हो । आदेशको पूर्णपाठ :

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)