ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

राष्ट्रिय गौरवका आयोजना निर्माण सामग्रीको अभाव

Jan 15, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । पर्वतमा निर्माण सामग्रीको अभावले राष्ट्रिय महŒवका आयोजनाको निर्माण प्रभावित भएको छ । जिल्लामा मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्ग, तल्लो मोदीखोला जलविद्युत् आयोजना, मध्यमोदी जलविद्युत् आयोजनालगायतका राष्ट्रिय गौरव र महŒवका आयोजना निर्माणाधीन छन् । ती आयोजनाले निर्माण सामग्रीको अभाव भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा आवश्यक सामग्रीको सहज व्यवस्था गरिदिन निवेदन दिएका छन् । ‘आवश्यक बालुवा र गिट्टी नहुँदा काम रोकियो,’ कालीगण्डकी कोरिडोरमा मोटरेबल पुल निर्माण गरिरहेको मुक्तिनाथ निर्माण सेवाका सञ्चालक ओमप्रसाद गौचनले भने । एक्स्याभेटर प्रयोग गरी नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्न नपाएको भन्दै क्रसर व्यवसायीले निर्माण सामग्री आपूर्ति नगर्दा आयोजनाको निर्माण प्रभावित भएको हो । ठूला आयोजनाले निर्माण सामग्री आफै उत्पादन गर्ने प्रावधान भए पनि स्थानीय क्रसर व्यवसायीसँग पनि ती आयोजनाले अपुग सामग्री खरीद गर्दै आएका छन् । पर्वतमा सञ्चालित क्रसर उद्योगहरूले नियमित रूपमा सामग्री दिन नसकेपछि निर्माणको अन्तिम चरणमा रहेको २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत्को सुरुङ निर्माण प्रभावित बनेको छ । ‘सुरुङमा कङ्क्रिटिङ गर्दै छौं,’ आयोजनाका प्रोजेक्ट म्यानेजर धु्रव मिश्रले भने, ‘हामीले उत्पादन गरेको सामग्रीले काम गर्न अप्ठ्यारो हुन्छ, क्रसर व्यवसायीहरूले निर्माण सामग्री दिन सकेनन् ।’ मध्यपहाडी राजमार्गअन्तर्गत पोखरा–बागलुङ राजमार्गको स्तरोन्नतिको कामसमेत सामग्रीको अभावले प्रभावित भएको छ । स्तरोन्नति गरिरहेको श्रेष्ठ–दिवा–एपेक्स जेभी कम्पनीका प्रतिनिधि काशीराज बोहराले क्रसर उद्योगले पर्याप्त मात्रामा निर्माण सामग्री नदिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । पर्वतमा २ ओटा मात्र क्रसर उद्योग छन् । यी उद्योगले खुकुलो नीति नहुँदा उत्खननमा समस्या भई मागअनुसार निर्माण सामग्री उत्पादन गर्न नसकेको बताएका छन् । नदीमा एक्स्याभेटर प्रयोग गर्न नपाइने नियमका कारण निर्माण सामग्री उत्पादन गर्न समस्या भएको ओम श्री दक्षिणामहाकाली क्रसर उद्योगका प्रबन्ध निर्देशक विप्लव हमालले बताए । हमालले भने, ‘बेल्चाले निकालेको बालुवाले माग धान्न सकिएन । वातावरणीय रूपमा गलत प्रभाव नपर्ने गरी उत्खनन गर्ने व्यवस्था भए निर्माण सामग्री पुर्या्उन सकिन्छ ।’ जिल्ला अनुगमन समितिका संयोजकसमेत रहेका पर्वतका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले राष्ट्रिय गौरवका आयोजनामा निर्माण सामग्री कहाँबाट ल्याउने भनेर उनीहरूले ठेक्का सम्झौतामा नै उल्लेख हुने भएकाले १/२ ओटा क्रसरको मात्रै भर पर्न नहुने बताउँछन् । ‘सामग्रीको साँच्चै अभाव भए अनुगमन समितिले गर्न सक्ने सम्भाव्य उपाय सबै गर्न तयार छ,’ उनले भने । पन्थीले वातावरणीय प्रभाव मूल्याङ्कन भएका ठाउँमा निश्चित मात्रामा निर्माण सामग्री उठाउने व्यवस्था मिलाइएको बताउँदै केही समस्या भए समाधान गरिने जानकारी दिए । ‘निर्माण सामग्री उठाउनै नपाउने अवस्था छैन,’ उनले भने, ‘कहीँकतै समस्या भएको छ भने समाधान गर्न हामी तयार छौं ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)