ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आगँनमा विद्युतका पोल, घर अँध्यारै

Jan 15, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल
माघ १, रुकुम । घरको आगँनमा केन्द्रिय विद्युत प्रशारण लाईनका पोल गाडिएका छन् । घरमाथि विद्युतको तार झुन्डिएको छ । त्यही आगँनमा गाडिको पोल र झुन्डिएका तार मार्फत विद्युत प्रशारण भईरहेको छ । मुसिकोट खलङ्गा बजारमा त्यही बत्तिले झिलिमिली बनेको छ । तर घरछेउमै विद्युतका पोलमा तार टाँगिए पनि त्रिवेणी गाउँपालिकाका अधिकांश घरहरु अँध्यारोमा छन् । केन्द्रिय विद्युत प्रशारण लाईनले त्रिवेणी गाउँपालिकामा विद्युत विस्तार नगर्दा गाउँ अँध्यारो बनेको हो । विशेषगरी त्रिवेणी गाउँपालिकाका वडा नं. ३ र ६ का धबाङ, हाईवाङ, वित्ताडाँडा, खाटबारे, काप्रापानी, राङटेलगायतका गाउँ र मुसिकोट नगरपालिका वडा नं. ११ का गाउँ अझै अँध्यारोमा छन् । गाउँमा विद्युत विस्तार नहुँदा गाउँघर अँध्यारोमा रहेको स्थानीयले गुनासो गरेका छन् । स्थानीयबासी भिमबहादुर खड्काका अनुसार केन्द्रिय विद्युत प्रशारण लाईन गाउँमा पुगेपनि घरमा पुग्न सकेको छैन । गाउँमा विद्युत विस्तारको लागि पटक पटक माग राखेपनि केन्द्रीय प्रशारण लाईन गाउँमा नपुगेको स्थानीयले गुनासो गरेका छन् । गाउँमा विद्युत विस्तार नहुँदा अझै टुकीकै भरमा रहेको मुसिकोट नगरपालिका वडा नं. ११ का रामबहादुर कामीले बताए । उनले भने, ‘चुनावी अभियानमा अँध्यारो गाउँलाई उज्यालो बनाउन पहल गर्ने भनिएता पनि यस तर्फ स्थानीय राजनीतिक दलको आँखा पुग्न सकेको छैन् भने स्थानीय सरकारले समेत पहल गरेको छैन ।’ नेपाल सरकारले ४६ करोडको टेण्डर खोलेर गाउँमा विद्युतीकरण गर्ने कार्य अन्तिम चरणमा पुगेको त्रिवेणी गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्तिले बताए । उनले भने, ‘बैरागी ठाँटी, कागेखोला विद्युतीकरण गरिने छ ।’ यसका साथै अहिले सिम्रतु झुल्नेटा बजार र त्रिवेणी गाउँपालिकाको वडा नं. ६ का केही भागमा बत्ति पुगेको र केहीमा विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष घर्तिले जानकारी दिएका छन् । उनका अनुसार सिम्रतु खोलामा २ सय २० किलोवाट क्षमताको विद्युत उत्पादन भैरहेको र त्यसले पनि केही वडामा विद्युतीकरण हुने छ । विद्युत प्राधिकरण मुसिकोट शाखाका प्रमुख दिवाकर प्याकुरेलका अनुसार त्रिवेणी गाउँपालिकाका ७, ८, ९, १० वडाका लागि पोल आईसकेको र काम भैरहेको बताए । उनले भने ‘छिट्टै रुकुमका गाउँगाउँमा विद्युतीकरण हुनेछ ।’ गत फागुनदेखि रुकुममा विद्युत प्राधिकरणको लाईन पुगेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)