ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाढीपीडितलाई शीतलहरको कहर

Jan 16, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

वीरेन्द्रनगर । केही दिनयता चिसो बढेसँगै सुर्खेतका बाढीपीडितको दैनिकी थप कष्टकर बनेको छ । अस्थायी शिविरमा रहेका बालबालिका र वृद्धहरू बढ्दै गएको चिसोका कारण प्रभावित बनेका छन् । सरकारले बाढीका कारण विस्थापित भएकालाई पुनःस्थापनामा ढिलाइ गर्दा ३ वर्षदेखि पीडितहरूले समस्या भोग्नु परिरहेको छ । १ वर्ष पहिले राहतस्वरूप संस्थाले ल्याएर दिएको त्रिपालले समेत यो पुसको शीतलाई छेक्न नसकेको बाढीपीडित तुल्सी सुनारले बताइन् । ‘रातभरी शीत चुहिएर कपडा भिजेको हुन्छ,’ उनले भनिन्, ‘दिनभर कपडा घाममा सुकाउन पाइएन भने साँझ के ओछ्याउने, के ओढ्ने हुन्छ ।’ शीतलहरका कारण विभिन्न रोग देखिएको उनले बताइन् । सरकारले जग्गा खरीदका लागि ५० हजार र घर बनाउन ३ लाख दिने भने पनि आफूले पाउन नसकेको धनसरा थापाले बताइन् । हालसम्म राहतस्वरूप ५० हजार मात्रै पाएको उनले जानकारी दिइन् । ‘५० हजारले ऐलानी जग्गासमेत पाउन मुस्किल प¥यो,’ उनले भनिन् । लामो समयदेखि त्रिपालमुनि बस्नुपर्दा महिला प्रशिक्षण केन्द्रस्थित अस्थायी शिविरमा रहेका १९ परिवारले विभिन्न समस्या खेप्नुपरेको छ । उनीहरू २०७१ साउन २८ र २९ गते अविरल वर्षासँगै आएको बाढीका कारण घरबासविहीन भएका थिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)