ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भेरी कोरिडोरमा औद्योगिक ग्रामको माग

Jan 17, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत । भेरी कोरिडोरका उद्योगी तथा व्यापारीले औद्योगिक ग्राम निर्माणका लागि पहल गरिदिन सरकारसँग माग गरेका छन् । उद्योग वाणिज्य सङ्घ भेरीले हालै मेहलकुनामा आयोजना गरेको दोस्रो वार्षिक साधारणसभाका सहभागी उद्योगी–व्यापारीले भेरी कोरिडोरमा लगानीको पर्याप्त सम्भावना रहेकाले उद्योगमैत्री वातावरण बनाइदिन सरकारसँग माग गरेका हुन् । सभाले भेरी कोरिडोरमा अटो भिलेज ग्राम, साना उद्योगसँगै मझौला उद्योग निर्माणका लागि स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने उद्घोष गरेको छ । सङ्घले तत्काल भेरी कोरिडोरमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कृषि विभाग नै स्थापनाका लागि आवश्यक प्रक्रिया शुरू गरिने बताएको छ । भेरी कोरिडोरका रुग्ण उद्योगको पुनः सञ्चालन, व्यापारी पलायन रोक्ने, दैवी प्रकोपबाट क्षति भएका उद्योग तथा व्यापारीलाई पुनःस्थापना गर्ने, व्यवसायलाई सुरक्षित गर्न बीमा कम्पनीसँग सहकार्य गरेर निर्जीवन बीमा सञ्चालन गर्ने र उत्कृष्ट व्यापारीलाई सम्मान गर्ने नीति अवलम्बन गरिएको सङ्घका सचिव सोमराज ढकालले बताए । उनले सङ्घमा आबद्ध हला ८ सय सदस्यता सङ्ख्यालाई बढाएरआउँदो वर्ष १ हजार २ सय पुर्‍याउने, स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने र महोत्सव सञ्चालन गर्ने योजना सभाले पारित गरेको जानकारी दिए । उनका अनुसार भेरी कोरिडोरमा खुलारूपमा व्यवसाय प्रवर्द्धनमा चुनौती, अस्वस्थ व्यावसायिक प्रतिस्पर्धा, सरोकारवाला निकायसँग प्रत्यक्ष पहुँच नहुनु, सम्भावना भए पनि उद्योग कलकराखाना सञ्चालन हुन नसक्नु र उद्योगका लागि कच्चा पदार्थसँगै दक्षजनशक्तिको अभाव रहेको छ । ‘व्यावसायिक शिक्षको अभाव, बैङ्किङ र इलाका कार्यालय नहुनु, राज्यको अस्पष्ट नीति र ज्ञानको अभावले व्यवसायी दोहोर कर तथा जरीवानामा पर्ने समस्या छ,’ सङ्घका कोषाध्यक्ष पूर्णबहादुर खत्रीले भने, ‘विविध समस्या भए पनि सङ्घले एकीकृत घुम्ती शिविर, सङ्घको विधानअनुसार सचिवालय गठन, भेरीगङ्गा नगरपालिकासँगको समन्वयमा १ सय २२ ओटा सोलार बत्ती जडान, सिम्ता, लेकबेँशी र गुर्भाकोटमा उपसमिति गठन गरेका छौं ।’ उनले आर्थिक वर्ष २०७३/७४ मा २५ लाख ८५ हजार रुपैयाँको आर्थिक कारोबार भएको जानकारी दिए । उनका अनुसार चालू आवका लागि प्रस्तावित ४५ लाख २० हजारको आयव्यय अघि सारिएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसद ध्रुव शाहीले विकासको मेरुदण्डको रूपमा रहेका उद्योग, कलकारखाना स्थापनाका लागि प्रतिबद्ध रहेको जिकिर गरे । उनले भेरी कोरिडोरलाई पूर्णता दिने र नयाँ उद्योग स्थापना गर्न लगानीको वातावरण तयारका लागि आफू अहिलेदेखि नै गृह कार्यमा लागेको बताए । कार्यक्रममा उद्योग वाणिज्य सङ्घ ६ नम्बर प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले भेरी कोरिडोरमा उपलब्ध जल, जङ्गल र जमीनको अधिकतम सदुपयोग गरेर थुप्रै लाभ लिन सकिने सम्भावना रहेको उल्लेख गरे । उनले राज्यबाट लगानीमैत्री वातावरण बन्न नसकेकाले अब बन्ने प्रदेश सरकारले यसतर्फ ध्यान पुर्‍याउनेमा विश्वस्त रहेको जिकिर गरे ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)