ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारले प्रदेशको अस्थायी मुकाम तोकेपछि तीव्र विरोध, वीरगञ्जमा बिहानैदेखि प्रदर्शन, तोडफोडमा उत्रिए प्रदर्शनकारी

Jan 18, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल
माघ ४, वीरगञ्ज । सरकारले प्रदेशको अस्थायी मुकाम तोकेपछि त्यसको विरोधमा विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ । प्रदेश राजधानी आ–आफ्नो ठाउँमा हुनुपर्ने माग गर्दै आएका प्रदर्शनकारीले बिहीबार बिहानैदेखि प्रदर्शन तीव्र बनाएका छन् । सरकारले बुधवार सात प्रदेशका प्रमुख र अस्थायी मुकाम तोकेको थियो । २ नम्बर प्रदेशको राजधानी वीरगञ्ज हुनुपर्ने माग गर्दै वीरगञ्जमा प्रदर्शन भएको हो । सङ्घर्ष समिति बनाएर विगत २ हप्तादेखि वीरगञ्जको घण्टाघरमा अनसन बस्दै आएका प्रदर्शनकारीले सरकारले जनकपुरलाई अस्थायी मुकाम तोकेपछि बिहीवार पर्सा जिल्ला बन्द आह्वान गरेका थिए । प्रदर्शनकारीले बिहानैदेखि वीरगञ्जको घण्टाघरमा टायर बालेर सरकारको निर्णयविरुद्ध नाराबाजी गरेका छन् । उनीहरूले निर्णय तत्काल फिर्ता लिएर वीरगञ्जलाई राजधानी घोषणा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । प्रदर्शनकारीले सवारीसधानमा तोडफोड गरेर क्षति पुर्‍याएका छन् । घण्टाघरमा बा १२ च ७३६५ नम्बरको कारमा तोडफोड गरिएको छ । वीरगञ्जको मुख्य बजार बन्द रहेको छ । लामो तथा छोटो दुरीमा सवारीसाधन चलेका छैनन् । बिहीवार सार्वजनिक बिदा भए पनि शिक्षण संस्था बन्द नहुने बताइएकोमा बन्द आह्वानका कारण शिक्षण संस्थासमेत खुलेनन् । यसैबीच पर्साका मधेसवादी राजनीतिक दलले वीरगञ्जलाई प्रदेशको अस्थायी मुकामबाट वञ्चित गरिएको भन्दै बुधवार साँझ वीरगञ्जमा प्रधानमन्त्रीको पुत्ला जलाएका थिए । मधेसवादीले पुत्ला जलाएलगत्तै नेपाली काङ्ग्रेस, नेकपा एमालेलगायतका दलको सहभागिता रहेको सङ्घर्ष समितिले बन्द आह्वान गरेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)