ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

६ करोड लगानीमा स्टे होटल भ्याली भ्यू

Jan 20, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल
वीरेन्द्रनगर । प्रदेशको अस्थायी राजधानी सुर्खेतको पर्यटकीय क्षेत्र गोठीकाँडामा सुुविधा सम्पन्न रिसोर्ट सञ्चालनको तयारी शुरू भएको छ । ६ करोड रुपैयाँ लगानीमा स्टे होटल भ्याली भ्यू सञ्चालनको तयारीमा रहेको हो । सुर्खेतका तीन जनाको लगानीमा सो रिसोर्ट सञ्चालन गर्न लागिएको हो । होटल व्यवसायी तर्कबहादुर शाही, ऐनबहादुर शाही र लीलाराम आचार्यको संयुक्त लगानीमा केही दिनमै स्टे होटल भ्याली भ्यू प्रालि सञ्चालन गरिने होटलका अध्यक्ष तर्कबहादुर शाहीले बताए । प्रदेश नं ६ को राजधानीका रूपमा रहेको सुर्खेतमा स्तरीय होटलको माग भएकाले स्तरीय सेवा दिने उद्देश्यले सुविधासम्पन्न होटल सञ्चालन गरेको उनीहरूको भनाइ छ । प्रदेश नम्बर ६ को पर्यटन विकासका लागि होटल सञ्चालनमा ल्याएको प्रालिका अध्यक्ष शाहीले बताए । ‘प्रदेश नम्बर ६ को राजधानी सुर्खेतको गोठीकाँडा पर्यटनको दृष्टिकोणले दोस्रो नगरकोटका रूपमा परिचित छ,’ उनले भने, ‘पर्यटकलाई सुविधा दिनका लागि हामीले होटल सञ्चालनमा ल्याएका छौं ।’ सुर्खेत उपत्यकाको दृश्य हेर्न गोठीकाँडा जाने र दैलेख–सुर्खेतलगायत मानसरोवरसम्मको यात्रा गर्ने पर्यटकलाई लक्षित गरी होटल सञ्चालन गरिएको अध्यक्ष शाहीको भनाइ छ । ६ करोडको लगानीमा स्थापना भएको स्टेल होटल भ्याली भ्यूमा सुविधा सम्पन्न २५ ओटा कोठा छन् । यसलाई विस्तार गरी ५० ओटा कोठा पु¥याउने लक्ष्य रहेको अध्यक्ष शाहीले बताए । ८ सय जना क्षमता भएको सभाहल तयार गरिएको र हेलिप्याडको व्यवस्था गरिएको उनको भनाइ छ । होटलमा १० ओटा कटेज र ५० भन्दा बढी सवारीसाधन पार्किङको व्यवस्था छ । पर्यटकको चाहानाअनुसार परिकार र स्थानीय संस्कृतिलाई प्रदर्शन गर्ने तयारी भइरहेको अध्यक्ष शाहीले बताए । स्थानीयस्तरमा पाइने अग्र्यानिक खानाको व्यवस्था गरिने तथा स्थानीयस्तरमा नै रोजगारीको अवसर प्रदान गर्नका लागि स्थानीयसँग छलफल भइरहेको उनको भनाइ छ । होटलमा २१ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गर्नेछन् । गतवर्ष मङ्सिरदेखि निर्माण कार्य शुरू भएको उनको भनाइ छ । होटल निर्माणको काम अन्तिम चरणमा रहेकाले अबको केही दिनमा नै सेवा दिन शुरू गर्ने अध्यक्ष शाहीले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)