ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जुनसुकै बैङ्कबाट आफ्नो खातामा रकम जम्मा गर्न पाईने, संस्थागत मुद्दति निक्षेपको व्याजदरमा सीमा

Jan 21, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
माघ ७, काठमाडौं । अब बैङ्कमा रकम जम्मा गर्दा निक्षेपकर्ताले आफ्नै खाता भएको बैङ्कमा नै धाउने झन्झटबाट मुक्त भएका छन् । नेपाल राष्ट्र बैङ्कले बैङकीङ सेवा तथा कारोबारलाई थप सरल तथा सहज बनाउन ग्राहकलाई पायक पर्ने अन्य बैङ्क तथा वित्तीय संस्थाको खातामा र सेवा प्रदायक संस्थाहरूको जुनसुकै शाखामा नगद जम्मा गर्न बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएसँगै खाता भएकै बैङ्कसम्म पुग्ने झन्झटबाट निक्षेपकर्ता मुक्त भएका हुन् । ग्राहकले जुनसुकै २८ ओटा वाणिज्य बैङ्क, ३९ ओटा विकास बैङ्क र २७ ओटा ‘ग’ वर्गका वित्तीय संस्थाका करीब ३ हजार २ सय ३० ओटा शाखाबाट कुनै एक बैङ्कमा भएको आफ्नो खातामा ग्राहकले यस्तो सुविधा पाउने भएका छन् । ग्राहकले यसरी रकम जम्मा गर्न पाए पनि झिक्नको लागि भने आफ्नै खाता भएको बैङ्कका शाखा तथा एटिएमको सहायताबाट मात्र पाउने छन् । केन्द्रिय बैङ्कले आईतवार परिपत्र जारी गर्दै यो सुविधा प्रयोग गर्नका लागि ग्राहकले परिचयपत्र सहित आफ्नो बैङ्क तथा वित्तीय संस्थाको खातामा र सेवा प्रदायक संस्थाको खातामा भुक्तानी गर्दा एनसीएचएल–आईपीएस प्रणाली मार्फत गर्नुपर्न निर्देशन दिएको छ । बैङ्क तथा वित्तीय संस्थाले ग्राहकलाई यस्तो सुविधा दिँदा नगद जम्मा गर्ने व्यक्तिको पहिचान हुन सक्ने विवरण अनिवार्य रुपमा लिन निर्देशन दिएको छ । नेपाल राष्ट्र बैङ्कका प्रवक्ता नारायण प्रसाद पौडेलका अनुसार बैङ्कीङ कारोबारलाई सरल सहज र चुस्त बनाउन यस्तो व्यवस्था ल्याईएको हो । तर ग्राहकले एक लाख रूपैयाँभन्दा बढी रकम जम्मा गर्ने भएमा अनिवार्य रुपमा परिचयपत्र र नगद जम्मा गर्नुको प्रयोजन समेत खुलाउनु पर्नेछ । केन्द्रिय बैङ्कको निर्देशन अनुसार बैङ्कले हरेक शाखामा रकम जम्मा गर्न उपलब्ध गराउने फारममा कम्तिमा खाता रहेको बैङ्कको नाम, खाता नम्बर, खातावालाको नाम र रकम जग्मा गर्ने व्यक्तिको नाम खुलाउनु पर्ने छ । ग्राहकले तोकिएको बैङ्क तथा वित्तीय संस्थाको खातामा कुनै कारणवश रकम जम्मा हुन नसकेमा त्यसको जानकारी रकम जम्मा गर्ने व्यक्तिलाई गराउनु पर्ने व्यवस्था गरिएको छ । ग्राहकलाई यस्तो सुविधा लिए बापत भने कति शुल्क लाग्ने भन्नेबारे सम्बन्धित बैङ्कले अग्रिम जानकारी दिनुपर्ने छ । यसबाहेक, ग्राहकलाई रकम जम्मा गरेको निस्सा प्रदान गर्ने व्यवस्था मिलाउन बैङ्कहरूलाई निर्देशन दिईएको छ । संस्थागत मुद्दति निक्षेपको व्याजदरमा सीमा नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाका संस्थागत तथा ठुला लगानीकर्ताको मुद्दति निक्षेपको व्याजदरको सीमा तोकेको छ । यो व्यवस्थासँगै बोलकबोलका आधारमा सङ्कलन हुने संस्थागत मुद्दति निक्षेपको हकमा प्रकाशित व्याजदरमा २ प्रतिशतसम्म मात्र थप गरी निक्षेप सङ्कलन गर्न सकिनेछ । उक्त व्यवस्था अनुसार एक पटक प्रकाशित ब्याजदर ३ महिनासम्म परिवर्तन गर्न पाईने छैन । संस्थागत निक्षेपकर्ताले बजारमा तरलताको अवस्था कमजोर भएका बेला बार्गेनिङ गरेर ब्याजदर बढाउने प्रवृत्ति भएकाले यसमा एकरुपता ल्याउन पनि यस्तो व्यवस्था गरिएको नेपाल राष्ट्र बैङ्कको अनुसन्धान विभागका कार्यकारी निर्देशक नर बहादूर थापाको भनाई छ । यो व्यवस्थाले बैङ्कले आफूलाई खाँचोपर्दा ठूला निक्षेपकर्ताको बोल अनुसार व्याजदर निर्धारण गर्ने गरेको बाध्यतालाई खुकुलो बनाईदिनेछ । यसअघि पनि राष्ट्र बैङ्कले संस्थागत निक्षेपमा कडाइ गरेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)