माघ ९, काठमाडौं । नेपाल–भारत सीमानालाई व्यवस्थित गर्न आदेशको माग गर्दै मङ्गलवार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ ।
अधिवक्ता यज्ञमणि न्यौपानेद्वारा दायर गरिएको रिट निवेदनमा विक्रम सम्वत् १८१६ को सुगौली सन्धि र त्यसपछि भएका अन्य सन्धिका आधारमा नेपाल भारतको सीमा सुनिश्चित गर्न आदेशको माग गरिएको छ ।
रिट निवेदनमा ती सन्धिहरुलाई आधार मानी सर्वे/नाप जाँच गरी नक्सा तयार गर्न सरकारलाई आदेश दिन माग गरिएको छ । नेपाली नागरिकलाई जग्गा धनी प्रमाणपूर्जा दिएको क्षेत्रभन्दा नेपाल तर्फ आई भारतको हुने गरी जङ्गे पिल्लर गाड्न नदिन पनि रिट निवेदनमा माग गरिएको छ ।