ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिँचाइमा ३१ करोड लगानी

Jan 24, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी
दाङ । दाङका विभिन्न ३१ ओटा सिँचाइ आयोजनामा रू. ३१ करोड ३२ लाख ४४ हजार लगानी भएको छ । सामुदायिक सिँचाइ आयोजनाअन्तर्गत जिल्लाका विभिन्न साविक १२ गाविसका ती योजनामा लगानी गरिएको हो । लगानी भएको ३१ सिँचाइ आयोजनाबाट त्यस क्षेत्रको २ हजार ८ सय ३० हेक्टर जमीनमा सिँचाइ सुविधा पुगेको सामुदायिक सिँचाइ आयोजना दाङका इञ्जिनीयर लक्ष्मी सैंजुले जानकारी दिए । ‘हामीले आयोजनाको अवधि अर्थात् ५ वर्षमा सिँचाइको क्षेत्रमा यति ठूलो लगानी गरेका हौं,’ उनले भने । उनका अनुसार सामुदायिक सिँचाइ आयोजनाले जिल्लाको खाद्यान्न बालीमा १५ प्रतिशत र तरकारी खेतीमा ८ प्रतिशत उत्पादन बढाउने लक्ष्यका साथ लगानी गरेको हो । आयोजनाअन्तर्गत लिफ्टबाट पानी तानेर सिँचाइका ५ योजना र २६ ओटा कुलो तथा बाँध निर्माणका योजना छन् । सिँचाइ सुविधा पुगेपछि ५ हजार ९ सय ५ घरधूरीले सिँचाइको उपभोग गरिरहेको आयोजनाका कृषि प्राविधिक सिजन पोखरेलले जानकारी दिए । जिल्लाका साविकका १८ गाविसमा काम गर्ने भनिए पनि ६ गाविसमा काम हुन नसकेको आयोजनाले बताएको छ । देउखुरी क्षेत्रमा रहेका साविकका गढवा, चैलाही, कोइलावास र गङ्गापरस्पुर गाविसमा केन्द्रबाट नै सर्वे हुन नसक्दा काम हुन नसकेको पोखरेलले बताए । यी योजनामा ७ देखि १० प्रतिशतसम्म उपभोक्ताले पनि लगानी गरेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)