माघ १०, काठमाडौं । सम्पत्ति शुद्धीकरण गरेको आरोप लागेका चक्रे मिलन भन्ने मिलन गुरुङलाई बुधवार विशेष अदालतले सफाई दिएको छ ।
सम्पत्ति शुद्धीकरण विभागले गुरुङद्वारा ७ करोड ८१ लाख ७ हजार २ सय ६५ रुपैयाँ ४१ पैसा शुद्धीकरण गरिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । न्यायाधीशहरु रत्न बहादुर बागचन्द, चण्डीराज ढकाल र प्रमोद कुमार वैद्य श्रेष्ठको इजलासले गुरुङलाई सफाई दिएको हो ।