ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भेरीको पानी लिफ्ट गर्न अध्ययन शुरू

Jan 25, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल
वीरेन्द्रनगर । भेरी नदीको पानी लिफ्टमार्फत सुर्खेत उपत्यकामा ल्याउने प्रक्रिया अघि बढाइएको छ । यसका लागि प्रारम्भिक अध्ययन शुरू गरिएको छ । खानेपानी विभागले चालू आर्थिक वर्षभित्रै विस्तृत अध्ययन पूरा गर्ने लक्ष्यसहित प्रारम्भिक अध्ययन थालेको हो । यसका लागि सीएमएस जेभी कन्सल्टेन्सीले सर्वे गरिरहेको छ । प्रारम्भिक अध्ययनपछि आयोजनाको डिजाइन र लागत अनुमानसहितको विस्तृत प्रतिवेदन तयार हुनेछ । क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतका इञ्जिनीयर गोपालप्रसाद उपाध्याय, झुप्रा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका इञ्जिनीयर बालाराम तिवारी, कन्सलटेन्सीको तर्फबाट खानेपानी विभागका पूर्वमहानिर्देशक हरेराम कोइरालासहितको टोली अहिले आयोजनास्थलमा अध्ययनमा व्यस्त छ । सुर्खेत उपत्यकाको खानेपानी अभावको समस्या समाधान गर्न भेरी नदीको पानी ल्याउन लागिएको हो । बहुवर्षीय आयोजनाको रूपमा निर्माण गरी उपत्यकाको खानेपानी समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिने झुप्रा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताए । उपत्यकामा खानेपानी वितरण गर्दै आएको झुप्रा बृहत्कै पहलमा भेरी नदीको पानी लिफ्ट गर्ने योजना अघि बढेको हो । उपत्यकामा वर्षेनि खानेपानीको अभाव हुने गरेको छ । बढ्दो जनसङ्ख्या र प्रदेशको सम्भावित राजधानी पनि भएकाले जतिसक्दो छिटो खानेपानी अभाव पूर्ति गर्नुपर्ने अध्यक्ष देवकोटाको भनाइ छ । अन्य स्रोतहरू नभएकाले भेरीको पानी लिफ्टमार्फत ल्याउनु नै दीर्घकालीन उपाय भएको उनले जानकारी दिए । यसैबीच, खडेरीमा सुर्खेत उपत्यकामा खानेपानी अभाव झेल्दै आएका नागरिकहरूलाई थप राहत हुने भएको छ । बहुप्रतीक्षित खेरी–बोरी आयोजनाको ३० लिटर प्रतिसेकेण्ड पानी करेखोला प्रशोधन केन्द्रमा थपिँदा खडेरीमा नागरिकले अब ४८ घण्टासम्मको पालो कुर्नुपर्ने अवस्था अन्त्य भएको हो । शनिवार संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा १७ करोड लागतको सो आयोजनाबाट १ महीनामा सम्पन्न देवकोटाले जानकारी दिए । उनले सो आयोजनाबाट ३० लिटर प्रतिसेकेण्ड पानी थप हुने बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)