ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

९ महीनादेखि हवाई सेवा अवरुद्ध, बिरामीले अस्पताल पुग्न पाएनन्

Jan 30, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

माघ १६, सुर्खेत । रुकुम (पश्चिम) को चौरजहारी विमानस्थलमा ९ महीनादेखि हवाई सेवा अवरुद्ध भएको छ । नेपाल वायु सेवा निगमले जेठ पहिलो सातादेखि उडान बन्द गरेपछि हवाई सेवा अवरुद्ध भएको हो ।

चौरजहारी विमानस्थलमा हवाई सेवा सञ्चालनमा नआउँदा जाजरकोट, रुकुम, डोल्पा र सल्यानका स्थानीय बासिन्दा मर्कामा परेका छन । हवाई सेवा सञ्चालनमा नआउँदा सिकिस्त बिरामीले उपचारका लागि अस्पतालसम्म पुग्न पाएका छैनन् । त्यस्तै स्थानीय बासिन्दाका साथै कर्मचारीलाई पनि व्यक्तिगत तथा सरकारी कामकाजका लागि काठमाडौं, नेपालगञ्जलगायत शहरमा आवतजावत गर्न कठिनाइ भएको छ । तर, निगमको क्षेत्रीय कार्यालय नेपालगञ्जले भने यात्रु सङ्ख्या कम र विमान तथा पाइलट अभावको कारण देखाउँदै उडानतालिका कटौती गर्दै आएको छ ।

हवाई सेवा सञ्चालन नहुँदा विमानस्थलमा खटिएका निगम तथा नागरिक उड्डयन प्राधिकरणका कर्मचारी र सुरक्षाकर्मी बेकामे बनेका छन । चौरजहारी विमानस्थलबाट नियमित उडान भर्ने व्यवस्थाका लागि पटक–पटक सम्बन्धित निकायमा ताकेता गर्दा पनि सुनुवाइ नभएको नेपाल वायु सेवा निगम चौरजहारीका इन्चार्ज सुरेन्द्र नेपालीले बताए ।

नेपाल वायु सेवा निगमले विगतमा चौरजहारी विमानस्थलबाट नेपालगञ्ज र काठमाडौंको उडान भर्दै आएको थियो । निगमले पछिल्लो समय चौरजहारी विमानस्थलको उडान कटौती गरी सल्ले विमानस्थलमा थप गरेको नेपालीले बताए ।

चौरजहारी विमानस्थलको हवाई सेवा अकस्मात् बन्द भएपछि सिकिस्त बिरामी, जटिल गर्भवतीलगायतलाई जोखिम मोलेर धुलौटे सडकमा गाडीबाट २ दिन लगायर सुविधा सम्पन्न अस्पतालमा पुर्‍याउनुपर्ने बाध्यता भएको चौरजहारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष तेजबहादुर विष्टले बताए । जसका कारण कति बिरामीले बाटोमै ज्यान गुमाउनु परेको उनले गुनासो गरे । वायु सेवा निगमको चरम लापरबाहीले उडान नहुने गरेको उनको भनाई छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)