ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कुपोषण कम गर्न जापानी चामल

Jan 30, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

माघ १६, सुर्खेत । सरकारले कुपोषण बढी हुने पहाडी तथा हिमाली जिल्लाहरुमा जापानी चामल वितरणको तयारी गरेको छ । सुर्खेतसँगै कर्णालीमा कुपोषण कम गर्न सरकारले जापानी सहयोगको चामल वितरण गर्न लागेको हो ।

जापानले सरकारले सहयोग स्वरुप दिएको चामलको पहिलो खेप वीरगञ्ज आईपुगेको नेपाल खाद्य संस्थानले बताएको छ । संस्थानको केन्द्रीय कार्यालयका वरिष्ठ अधिकृत ज्ञानु थापाले जापान सरकारले सहयोग बापत पठाएको ५१ हजार ७ सय ४० क्विन्टल चामल वीरगञ्ज सुख्खा बन्दरगाहमा आईपुगेको बताइन् ।

उनले जापानी सहयोगको उक्त चामल पोषणयुक्त रहेकाले खाद्यन्न अभाव हुने जिल्लामा पठाउने तयारी भईरहेको बताइन् । ‘वीरगञ्ज, काठमाडौं, नेपालगञ्ज र सुर्खेतमा उक्त सहयोगको चामल भण्डारण गर्ने काम अन्तिम चरणमा पुगेको छ,’ उनले भनिन्, ‘भण्डारण गरिएका ठाउँबाट केही दिनमै कुपोषण बढी हुने हिमाली तथा पहाडी जिल्लामा वितरण गर्छौँ ।’ उनले खाद्यन्न अभाव हुने हिमाली तथा पहाडी जिल्लाहरुमा संस्थानद्वारा नियमित वितरण हुने चामलसँगै जापानी सहयोगको पोषणयुक्त चामल अतिरिक्त भएको बताइन् । उक्त जापानी चामलले कुपोषण घटाउनुका साथै खाद्यसुरक्षाको प्रत्याभूति दिने उनको विश्वास छ ।

‘जापानी चामल अत्यन्त सफा, कनिका रहित, नरम, कम जलान्स हुनुका साथै बढी प्रोटिनयुक्त छ,’ उनले भनिन्, ‘उक्त चामल वृद्धावृद्धा, गर्भवती, सुत्केरी, बालबालिकासँगै कुपोषणबाट ग्रसित भएकाहरुका लागि लाभदायक हुनेछ ।’

उनका अनुसार जापान सरकारले यसअघि सन् २०१० सम्म दिँदै आएको खाद्यन्न सहयोग पुनः यस वर्षबाट शुरु भएको छ । जापानले नेपालका लागि खाद्यन्न सहयोग पठाउने सन् २०१८ को कोटा समेत आउने तयारीमा रहेको उनले बताइन् । यो वर्ष आएको पहिलो खेप सन् २०१७ को कोटा रहेको उनको भनाइ छ ।

जापानी सहयोगको चामल वीरगञ्जहुँदै सुर्खेतमा १५ हजार क्विन्टल चामल आईपुगेको छ । सुर्खेतसँगै कर्णालीमा वितरण गर्न उक्त चामल ल्याईएको संस्थानका शाखाप्रमुख भिमबहादुर थापाले बताए । थापाका अनुसार सुर्खेतबाट कर्णालीका लागि ट्रक, खच्चर, भेडा र हवाई जहाजबाट ढुवानी गराईनेछ । ‘वीरगञ्जबाट दैनिक ३ ट्रकका दरले सुर्खेत गोदाममा जापानी चामलको ढुवानी भईरहेको छ,’ उनले भने, ‘हामीले सुर्खेतमा विक्री वितरण शुरु गर्नुका साथै कालिकोट, मुगु, जुम्ला, डोल्पा, र हुम्लाका लागि ट्रकसँगै हवाई जहाजबाट ढुवानीको तयारी गरिरहेका छौं ।’

उनले जापान सरकारद्वारा नेपाललाई खाद्यन्न सहायता अन्तर्गत प्रदान गरिएको पोषणयुक्त चामलले सर्वसाधारणलाई टेवा पुग्ने अपेक्षा राखे ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)