ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेशसभा बैठकपछि व्यवसायीले गरे दीप प्रज्वलन

Feb 5, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

माघ २२ वीरेन्द्रनगर । आइतवार सम्पन्न भएको प्रदेश नं ६ को प्रदेशसभा बैठकले सङ्घीयता संस्थागत सँगै आर्थिक समृद्धिको ढोका खुलेको भन्दै वीरेन्द्रनगरमा दिप प्रज्वलन गरिएको छ ।

सुर्खेत उद्योग बाणिज्य सङ्घले आर्थिक समृद्धिको अपेक्षासहित ऐतिहासिक प्रदेशसभाको पहिलो बैठक बसेको उपलक्ष्यमा दिप प्रज्वलन गरेर खुसीयाली मनाएको हो । जनताको बलमा स्थापित ६ नम्बर प्रदेशमा सङ्घीयता अनुसार प्रदेश सरकार गठन पक्रियामा रहेको भन्दै व्यवसायीहरुले स्थानीय वीरेन्द्रचोकमा दिप प्रज्वलन गरेका हुन् ।

सो अवसरमा सुर्खेत उद्योग बाणिज्य सङ्घका अध्यक्ष प्रकाश अधिकारीले गरिबी र अशिक्षाले पछाडी परेको प्रदेशमा थुप्रै सम्भावना रहेको बताए । उनले जलस्रोत, जडिबुटी, खानी, वन, कृषिका दृष्टिकोणले अन्य प्रदेशको तुलनामा थुप्रै सम्भावना बोकेको प्रदेश भएको उल्लेख गर्दै लगानी मैत्री नीतिको अभावले कर्णाली क्षेत्र पछाडी परेको धारणा राखे ।

अबको प्रदेश सरकारले लगानी मैत्री नीति निर्माण गर्नुपर्ने उनको भनाइ छ । प्रदेश समृद्ध बनाउने आधारमा निजी क्षेत्रको प्रतिनिधित्व अनिवार्य हुनुपर्ने भन्दै उनले सरकारले त्यस तर्फ ध्यान दिनुपर्ने बताए ।

दिप प्रज्वलन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं. ६ का अध्यक्ष पदमबहादुर शाही, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, उप–प्रमुख मोहनमाया ढकाललगायतको उपस्थिति रहेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)