ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रू. २० अर्ब ८८ करोड आन्तरिक ऋण जुटाइने

Feb 7, 2018  
समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सरकारको आन्तरिक ऋण व्यवस्थापन गर्न चालू आर्थिक वर्ष २०७४/७५ को तेस्रो त्रैमासमा रू. २० अर्ब ८८ करोड आन्तरिक ऋण जुटाउने भएको छ । बैङ्कले चालू आवमा १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण जुटाउने लक्ष्य लिएको छ । सोमध्ये तेस्रो त्रैमासमा मात्र उल्लिखित रकम जुटाउन लागेको हो । यसअघि पहिलो त्रैमासमा रू. ५७ अर्ब ५४ करोड र दोस्रो त्रैमासमा रू. ६१ अर्ब ६१ करोड आन्तरिक ऋण जुटाउने लक्ष्य लिएको थियो । सरकारले वार्षिक बजेटलाई धान्न आन्तरिक ऋण उठाउने गर्छ । यसैलाई व्यवस्थापन गर्न राष्ट्र बैैङ्कले आगामी चैत मसान्तसम्म ट्रेजरी बिल, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्रमार्फत उक्त रकम उठाउन लागेको हो । आन्तरिक ऋण उठाउने प्रयोजनका लागि नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैङ्कले हाल निष्कासन गर्दै आएका सरकारी ऋणपत्रहरूमा राष्ट्रिय बचतपत्र र विकास ऋणपत्र उपकरण भने यो त्रैमासमा परेको छैन ।

राष्ट्र बैङ्कले उक्त ऋणअन्तर्गत ट्रेजरी बिलबाट १८ अर्ब ६३ करोड रुपैयाँ उठाउने लक्ष्य लिएको छ । राष्ट्र बैङ्कले आन्तरिक ऋण उठाउन सार्वजनिक गरेको तालिकाअनुसार नागरिक बचतपत्रबाट रू. २ अर्ब र वैदेशिक रोजगार बचतपत्रबाट रू. २५ करोड जुटाइने छ । केन्द्रीय बैङ्कले अन्तिम तथा चौथो त्रैमासमा भने सोही उपकरणमार्फत रू. ४ अर्ब ९६ करोड आन्तरिक ऋण जुटाउने लक्ष्य राखेको राष्ट्र बैङ्कको भनाइ छ । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ तथा राष्ट्रऋण ऐन, २०५९ मा भएको व्यवस्थाअनुसार नेपाल सरकारको तर्फबाट आन्तरिक ऋण उठाउने कार्य नेपाल राष्ट्र बैङ्कले गर्छ । प्रत्येक वर्ष वार्षिक बजेटमा उल्लेख भएबराबरको आन्तरिक ऋण उठाउन सरकारका तर्फबाट अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैङ्कलाई अनुरोध गरी पत्र लेखिन्छ । सोही पत्रानुसार राष्ट्रऋण व्यवस्थापन विभागअन्तर्गतको खुलाबजार सञ्चालन समितिले कुन कुन त्रैमासमा, कुन कुन ऋणपत्रमार्फत, कतिकति रकम उठाउने भन्ने उल्लेख भएको वार्षिक आन्तरिक ऋण निष्कासन तालिका तयार गर्छ । यस्तो व्यवस्थाअनुसार चालू आर्थिक वर्षका लागि चार त्रैमासका लागि लक्ष्य निर्धारण गरिएको समितिका सदस्यसमेत रहेका बैङ्कका अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)